काठमाडौँ । गृह मन्त्रालयले दुई जना प्रहरी नायव महानिरीक्षकहरूलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्न सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले महानिरीक्षकद्वय कुबेर कडायत र रबिन्द्र केसीलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
बाँके । बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जलाई करिब रु. ११ करोड बढीको धान बिक्री गरेका छन् । गत कात्तिक २० गतेदेखि किसानको धान खरिद गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्ज कार्यालयले पुस १६ गतेसम्म यहाँका किसानलाई रु. ११ करोड ८२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने छ । त्यसैगरी आज राति गण्डकी, कर्णाली र
काठमाडौं। नेकपा एमाले सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे बस्दैछ । आजको बैठकमा राष्ट्रिय राजनीतिलगायतबारे छलफल हुनेछ । एमालेले आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यसबारे पछि छलफल हुनेछ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३४ पैसा कायम भएको छ। बुधबार डलरको भाउ एकको खरिददर १३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३९ पैसा थियो। मंगलबार
बुटवल । खानेपानीमन्त्री प्रदीप यादवले निर्माणाधीन खानेपानी आयोजनामा नतिजा देखिनेगरी तोकिएको समयमा काम सम्पन्न हुनुपर्ने बताएका छन् । बुटवलस्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवल कार्यालयको आज निरीक्षण एवं अनुगमनपछि मन्त्री यादवले मानिसलाई बाँच्नका लागि आवश्यकपर्ने पहिलो चिज पानी भएकाले खानेपानीका क्षेत्रमा भइरहेका कामको नतिजा देखिनेगरी समयमै काम गर्नुपर्ने
२०८१ साल पौष १८ गते बिहिबार (02 JAN,2025) पौष शुक्लपक्ष तृतीया ०२:१९ बजेसम्म, त्यसपछी चतुर्थी मेष – सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेकोछ । पढन पाढनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । शुभ समाचारले मनमा थप उत्साह
काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिन जरुरी रहेको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले नेपाल विश्वमै आईक्युमा सबैभन्दा पछाडि रहेको उल्लेख गर्दै दिमागको गरिबी खतरनाक हुने बताएका छन् । उनले शिक्षा क्षेत्रको विकासका लागि पनि सही राजनीति
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले संसदमा विचाराधिन विधेयकहरुलाई संसदको आउँदो अधिवेशनमा पारित गर्नेगरी काम गर्न पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् । बुधवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले ६ वटा समितिमा रहनुभएका सांसदहरुलाई यस्तो आग्रह गरेका हुन् । समितिमा रहेका विधेयकहरुको अवस्था र ति विधेयकहरु पारित हुन नसक्नुका कारणबमरे
काठमाडौँ । सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त रहेको कार्यकारी निर्देशक पदमा बाजुराका छत्रबहादुर कटुवाललाई नियुक्त गरेका छन् । बुधवार मन्त्रीपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्न आयोजना परिएको पत्रकार सम्मेलन बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन् । उनले पाँचखाल विशेष आर्थिक क्षेत्रलाई नेपाल सरकारले