Trending
>>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटन गर्न आउन गगन थापाको आग्रह


पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटन गर्न आउन गगन थापाको आग्रह

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवालाई सहभागी भएर उद्घाटन गरिदिन आग्रह गरेका छन् ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै थापाले महाधिवेशनको दिन पूर्वसभापति आएर उद्घाटन गरिदिनु पार्टीका लागि सम्मानको विषय हुने बताएका हुन् । उनले पार्टी विधानअनुसार महाधिवेशनबाट नयाँ सभापति चयन हुने भएकाले पूर्वसभापतिको औपचारिक बिदाइको चरणमा पार्टी पुग्ने उल्लेख गरेका छन् । यसअघि पूर्वसभापति तथा अन्य नेताहरूले उठाएका विषयहरू सम्बोधन भइसकेपछि अब थप अलमल नगरी महाधिवेशनको प्रक्रियामा अघि बढ्नुपर्ने उनको भनाइ छ । थापाले पार्टीका पूर्वपदाधिकारी तथा वरिष्ठ नेताहरूलाई पनि नयाँ पुस्तालाई साथ लिएर अघि बढ्न आग्रह गरेका छन् । लामो समय पदाधिकारीका रूपमा काम गरेका नेताहरूलाई पार्टीले पूर्वपदाधिकारीका रूपमा छुट्टै सम्मान दिनुको कारण पद नभई उनीहरूप्रतिको भरोसा र सम्मान भएको उनले बताए ।

सभापति थापाले भने, ‘महाधिवेशनको दिनमा पूर्व पार्टी सभापतिज्यू आएर महाधिवेशनको उद्घाटन गरिदिनु हाम्रा लागि ठूलो सम्मानको विषय हो । पार्टीको विधानले पनि अब उहाँ पुनः सभापति हुने होइन, महाधिवेशनबाट नयाँ सभापति चयन हुने व्यवस्था गरेको छ । त्यसैले उहाँको सम्मानपूर्वक बिदाइ हुने समय पनि यही हो । सभापतिज्यूको अनुपस्थितिमा अन्य नेताहरूले उठाउनुभएका विषयहरू पनि सम्बोधन भइसकेका छन् । ती विषयहरू समाधान भइसकेपछि अब थप अलमल नगरी म सबैभन्दा पहिले पूर्व सभापतिज्यूलाई महाधिवेशनमा सहभागी भएर सहयोग गरिदिन अनुरोध गर्न चाहन्छु । त्यसैगरी, लामो समय पदाधिकारी भएर पार्टीमा योगदान दिनुभएका पूर्व वरिष्ठ नेताहरूलाई पनि म यहीँबाट आग्रह गर्न चाहन्छु । नेपाली कांग्रेसमा पूर्व पदाधिकारीहरूलाई छुट्टै सम्मान र आसन पदका कारण मात्र दिइएको होइन, उहाँहरूप्रतिको भरोसा र सम्मानका कारण दिइएको हो । आज नेपाली कांग्रेसमा नयाँ पुस्ताका साथीहरू आएका छन् । उहाँहरू यही पार्टीमा हुर्किएका, सिकेका र अगाडि बढेका साथीहरू हुन् । अहिले सबै पुस्तालाई जोडेर पार्टीलाई एकतावद्ध रूपमा अघि बढाउने प्रयास भइरहेको छ । त्यसैले पुरानो र नयाँ पुस्ताका सबै नेता–कार्यकर्ता एक ठाउँमा उभिएर महाधिवेशनलाई सफल बनाउन सहयोग गरौँ भन्ने मेरो आग्रह छ ।’

थापाले काँग्रेसका वरिष्ठ नेताहरूले पनि अहिलेको परिस्थितिमा सोचेर महाधिवेशनमा सहभागी हुने वातावरण बनाउनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १ आश्विन २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?