२ चैत्र, काठमाडाैँ । उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन् । उनि आज अपराह्न १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित निजी निवासमा सरेका हुन् । नेपालको संविधानबमोजिम चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेका सन्दर्भमा निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका
२ चैत्र, काठमाडाैँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा ३११ रनको लक्ष्य पछ्याएको नेपालको २ विकेट पतन भएको छ । सुरूवाती तीन ओभरमा नै नेपालका २ विकेट पतन भएको हो । जुनैद सिद्धकीको बलमा कुशल मल्ल कभर क्षेत्रमा क्याचआउट भएका छन् । उनले ५ रन बनाएका थिए ।
२ चैत्र, कालीकोट। कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही रू १० हजार पुरस्कार दिने निर्णय गरेको छ । यही चैत १ गतेबाट लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई रू १० हजार दिने निर्णय गरेको हो । बालविवाहका घटना बढ्दै जान थालेकाले
२ चैत्र, काठमाडाैँ । जारी विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा नेपाललाई युएईले ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार टियु क्रिकेट मैदानमा भएको खेलमा युएईले ६ विकेट गुमाउँदै निर्धारित ५० ओभर खेल्दै ३१० रन बनाएको हो । युएईका लागि आसिफ खानले ४१ बलमानै शतक प्रहार गरेका थिए । उनी
२ चैत्र, एजेन्सी । उत्तर कोरियाले पुनः लामो दुरीको ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल जापानसँगको सम्बन्ध अझ सुदृढ बनाउन टोकियोमा वार्ता गर्न लागेका बेला प्योङयाङले उक्त क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । गत आइतबारदेखि उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपणको शृङ्खला जारीराखेको छ । पाँच दिनको अन्तरालमा
२ चैत्र, काठमाडाैँ । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) लैनचौरले दूधको मूल्य बढाएको छ । संस्थानले आजदेखि लागू हुने गरी नयाँ मूल्य ‘प्रिन्ट’ भएको ‘प्याकेट’ दूध बजारमा पठाएको हो । संस्थानका निमित्त उपमहाप्रबन्धक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले आजदेखि लागू हुने गरी देशभर दूधको मूल्य बढाएको राससलाई जानकारी दिए
२ चैत्र, काठमाडाैँ । उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । शुक्रबार बिहान ११ः३० बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक परिस्थितिबारे निर्णय गरिने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले राससलाई जानकारी दिए । उनका अनुसार बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले
२ चैत्र, काठमाडाैँ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन् । उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना
२ चैत्र, ललितपुर। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका छन् । बिहीबार उनले नेपाली काँग्रेस ललितपुर नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै माओवादी पनि एमालेसँगको गठबन्धनबाट टाढिएको बताए । उनले गठबन्धनमा पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री हुने र त्यसपछि माधव नेपाल हुने बताउँदै अन्तिममा शेरबहादुर देउवा हुने
२ चैत्र, काठमाडाैँ । नेपाली बजारमा सुनको भाउ बिहीबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो