Trending
>>   केपी ओलीले फेस गर्न सकेनन मलाई : हर्क साम्पाङ्ग >>   नेपालका अदालतहरुको कार्यसम्पादन अब्बल छः कानूनमन्त्री चौरसिया >>   मुद्दा चलाउने प्रक्रियामा प्रधानमन्त्रीको हस्तक्षेप छैनः महान्यायाधिवक्ता वडाल >>   धराने जनताको खानेपानी समस्या चालु वर्षभित्रै समाधान हुन्छ : खानेपानीमन्त्री यादव >>   एकले अर्कोलाई छेकेर देश चल्न सक्दैन : मेयर हर्क साम्पाङ >>   निर्वाचन आयोगमा धमाधम दल दर्ताः ०८४ लाई थपियाे नयाँ दल ! >>   अदालतमा उपस्थित हुन रवि लामिछाने भैरहवा पुगे >>   यस्ताे बन्याे ‘हेर्ने कथा’ बाट परिवार भेटेका प्रकाश तामाङकाे घर ! >>   खेम सेन्चुरिका टिप्पणी बारेमा… >>   महिलासँग डराएर ५५ वर्ष गुप्तबास !
Logo
९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

समाचार


राजस्व परामर्श समितिले थाल्यो काम

सरकारी राजस्व व्यवस्थापनबारे सुझाव दिने संयन्त्रका रुपमा रहेको राजस्व परामर्श समितिले आफ्नो काम थालेको छ । समितिले आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमा समावेश गर्नुपर्ने राजस्वसँग सम्बन्धित नीति तथा कार्यक्रमबारे सरकारलाई सुझाव दिनेछ । राजस्व सचिवको संयोजकत्वमा राजस्व परामर्श समिति तथा विभिन्न क्षेत्रगत विधालाई समेट्ने गरी आठ उपसमितिसमेत बनाइएको

तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गरिँदै

रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्ने तयारी गरिएको छ । नगरपालिकाले सञ्चालन गरेको हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियानको सयौँ शृङ्खलाको अवसरमा यही चैत १ गते तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्न लागिएको हो । नगरपालिकाले २०७४ साउन ६ गते सुरु गरेको समुदायमा आधारित साप्ताहिक हरियाली प्रवर्द्धन एवं

सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोही सम्मानित

अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोहीलाई सम्मान गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सगरमाथा आरोही सङ्घ र नेपाल पर्वतारोहण सङ्घले संयुक्त रुपमा सगरमाथालगायत हिमाल आरोहण गर्ने ३५ महिला आरोहीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा सन् २०१८ मा सबैभन्दा छिटो

श्रीलङ्कामा स्थानीय निर्वाचनको नयाँ मिति घोषणा

२४ फागुन, एजेन्सी। श्रीलङ्काको निर्वाचन आयोगले अप्रिल २५ लाई स्थानीय परिषद्को निर्वाचन गराउनको लागि उपयुक्त मिति भएको घोषणा गरेको छ । अप्रत्याशित र अपरिहार्य कारणले तोकिएअनुसार मार्च ९ गते स्थानीय निर्वाचन हुन नसक्ने पनि आयोगले क्षेत्रीय निर्वाचन अधिकृतलाई जानकारी गराएका छन् । क्षेत्रीय निर्वाचन अधिकारीहरुलाई अप्रिल २५ लाई निर्वाचनको दिनको

माधव नेपाललाई समवेदना दिन शङ्खमुल पुगे ओली

२४ फागुन, काठमाडाैँ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समवेदना दिन पुगेका छन् । समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा भाइ सरोजकुमार नेपालको निधन भएका कारण ओली समवेदनाका लागि शंखमुलस्थित किरियापुत्री भवनमा पुगेका हुन् । गत शनिबार शंखमूलस्थित बबिन्स क्याफेको छैटौं तलाबाट खसेर सरोजकुमार

मन्त्रालयको नाम परिवर्तन

२४ फागुन, विराटनगर। कोशी प्रदेशका सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको नाम परिवर्तन भई ‘भौतिक पूर्वाधार विकास’ मन्त्रालय कायम भएको छ । मन्त्रालयहरुको सङ्ख्या थप घट हुँदा उक्त मन्त्रालयको नाम लामो र अप्ठ्यारो भएको भन्दै पहिलेकै नाम कायम गर्न मन्त्री दुर्गाप्रसाद चापागाईंद्वारा स्वीकृत गरी प्रदेश सरकार कार्यसम्पादन नियमावलीबमोजिम मुख्यमन्त्री कार्यालयमा पत्राचार

यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि सुरु गर्ने तयारी

२४ फागुन, काठमाडाैँ । देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु गर्ने तयारी गरेको छ । कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौँ पहिले नै सेवाग्राही लाममा हुने गरेकाले भीडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाइएको

मेलम्चीको पानी वितरणका लागि विच्छाइएका पाइपबाट चुहावट

२४ फागुन, काठमाडाैँ। मेलम्ची खानेपानी वितरणका लागि काठमाडौँ उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ । पछिल्लो एक दशकयता विच्छाइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । निर्देशनालयले एशियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ देखि चक्रपथभित्र एक हजार १० किमी पाइप विच्छाएको

गुन्डुमा मेयर बालेन र महेश बस्नेतबिच भेटवार्ता

२४ फागुन, काठमाडाैँ। काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा एमालेका नेता महेश बस्नेतसँग भेटवार्ता गरेका छन् । एमालेका पोलिटब्युरो सदस्य समेत रहेका बस्नेतलाई मेयर बालेन गुन्डु नै पुगेका थिए । नेता बस्नेत र मेयर बालेनबिच काठमाडौँ र भक्तपुरको विकास र देखिएका समस्या समाधानका बारेमा छलफल भएको बताइएको छ । भेटघाटपछि मेयर

राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा

२४ फागुन, काठमाडाैँ । मुलुकको नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए । सङ्घीय संसद् र प्रदेशसभा सदस्यका लागि उक्त कक्षमा बेग्लाबेग्लै

सम्वन्धित समाचारहरु