Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

लिङ्देनलाई प्रचण्डको जवाफ : तपाईं प्रधानमन्त्री हुँदा पनि त्यस्तै हुने होला


२५,असार ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षले माग गर्दैमा राजीनामा नदिने बताएका छन् । तर आफ्नो अन्तरआत्माले भनेमा एक मिनेट पनि पदमा नबस्ने बताए ।

१८ असारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा आफूले दिएको अभिव्यक्ति विवादमा परेपछि संसदमा स्पष्टीकरण दिएका उनले कमजोरी स्वीकार गरे । आफू भावुक भएको र प्रधानमन्त्रीका रुपमा नभई ज्ञानु (जेठी छोरी) को बाबुका रुपमा प्रस्तुत भएको बताए ।

त्यसक्रममा उनले आफ्नो राजीनामा माग्ने एमाले र राप्रपालाई समेत जवाफ दिएका छन् । आफूलाई कसले प्रधानमन्त्री बनायो भनेर प्रश्न गर्दा संसदमा भएका सबै दल पनि प्रश्नमा पर्छ भन्ने सम्झिन एमालेलाई आग्रह गरे ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई नाम नै लिएर नैतिकता कसले देखायो, कसले देखाएन विवेचना गर्न आग्रह गरे । यसअघि दुई पटक आफूले नैतिकताकै आधारमा राजीनामा दिएको भन्दै प्रचण्डले अगाडि भने, “अहिले पनि तपाईँले भनेर त गर्न सक्दिन । मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि बस्न सक्दिन ।”

संसदमा एउटा सस्कार पनि बसाउनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले भने, “प्रतिपक्षले मागिहाल्यो, सत्तापक्ष भागिहाल्यो भने यो देशको गति के हुन्छ ? अहिले मैले त्यसो गरेँ भने भोलि तपाईँ प्राधनमन्त्री हुँदा पनि त्यस्तै हुने होला ।”


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?