Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

लिङ्देनलाई प्रचण्डको जवाफ : तपाईं प्रधानमन्त्री हुँदा पनि त्यस्तै हुने होला


२५,असार ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षले माग गर्दैमा राजीनामा नदिने बताएका छन् । तर आफ्नो अन्तरआत्माले भनेमा एक मिनेट पनि पदमा नबस्ने बताए ।

१८ असारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा आफूले दिएको अभिव्यक्ति विवादमा परेपछि संसदमा स्पष्टीकरण दिएका उनले कमजोरी स्वीकार गरे । आफू भावुक भएको र प्रधानमन्त्रीका रुपमा नभई ज्ञानु (जेठी छोरी) को बाबुका रुपमा प्रस्तुत भएको बताए ।

त्यसक्रममा उनले आफ्नो राजीनामा माग्ने एमाले र राप्रपालाई समेत जवाफ दिएका छन् । आफूलाई कसले प्रधानमन्त्री बनायो भनेर प्रश्न गर्दा संसदमा भएका सबै दल पनि प्रश्नमा पर्छ भन्ने सम्झिन एमालेलाई आग्रह गरे ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई नाम नै लिएर नैतिकता कसले देखायो, कसले देखाएन विवेचना गर्न आग्रह गरे । यसअघि दुई पटक आफूले नैतिकताकै आधारमा राजीनामा दिएको भन्दै प्रचण्डले अगाडि भने, “अहिले पनि तपाईँले भनेर त गर्न सक्दिन । मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि बस्न सक्दिन ।”

संसदमा एउटा सस्कार पनि बसाउनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले भने, “प्रतिपक्षले मागिहाल्यो, सत्तापक्ष भागिहाल्यो भने यो देशको गति के हुन्छ ? अहिले मैले त्यसो गरेँ भने भोलि तपाईँ प्राधनमन्त्री हुँदा पनि त्यस्तै हुने होला ।”


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?