Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

सेनाको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम


२५,असार ,काठमाडौँ । नेपाली सैनिक वार कलेजमा गत चैत १ गतेदेखि सञ्चालन भएको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम आज सकिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले कार्यक्रमको समापन गर्दै सफलतापूर्वक तालिम सम्पन्न गरेकोमा सम्पूर्ण शिक्षार्थीहरुलाई बधाई दिए । उनले यस तालिमले शिक्षार्थीहरुलाई थप व्यावसायिक एवं परिष्कृत बनाउनाका साथै अपरेसनल तहको कमान्डर तथा स्टाफको हैसियतले रणनीतिक तहका नेतृत्व वर्गले तय गरेका लक्ष्य तथा उद्देश्यहरु पूरा गर्न र तल्लो तहका कमान्डरहरुलाई उक्त मार्गमा डोर्याउने गहन जिम्मेवारी उत्कृष्ट ढङ्गबाट सम्पन्न गर्न सक्षम तुल्याउने बताए ।

प्रधानसेनापति शर्माले शिक्षार्थी अधिकृतहरुले तालिमको दौरान प्राप्त गरेका ज्ञानलाई आगामी दिनहरुमा आफ्नो वृत्तिविकास र संस्थागत हितका लागि सामूहिक भावनाका साथ सदुपयोग गर्ने विश्वास व्यक्त गरे । कलेजका शिक्षाधिकृत उपरथी सहदेव खड्काले तालिमका बारेमा जानकारी गराएका थिए ।

महिला एक र पुरुष ३२ गरी ३३ जना महासेनानी दर्जाका शिक्षार्थीहरुको सहभागिता रहेको उक्त तालिममा समग्रमा महासेनानी वसन्तबहादुर गौतम प्रथम भएका छन् । त्यस्तै, व्यक्तिगत शोधपत्रतर्फ महासेनानी सुवास केसी र महासेनानी वसन्तबहादुर गौतम प्रथम हुनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम नेपाली सेनामा सैनिक अधिकृतका लागि सञ्चालन हुने सबैभन्दा उच्चस्तरको तालिम हो । विसं २०७१ सालदेखि नेपाली सैनिक वार कलेजमा सञ्चालन हुँदै आएको यस तालिमबाट हालसम्म महिला १० सहित जम्मा तीन सय पाँचजना अधिकृत प्रशिक्षित भइसकेका छन् ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?