Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

प्रचण्डले भने : अब लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन


२५,असार ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अब लामो समय प्रधानमन्त्री हुन्छु भन्ने नलागेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले आफू पहिल्यै दुई पटक प्रधानमन्त्री भइसकेको उल्लेख गर्दै अहिले प्रधानमन्त्री बन्नुपर्ने परिस्थिति आइलागेको बताए।

उनले भने, “मलाई थाहा छ, म सधैँको लागि प्रधानमन्त्री भएको होइन, अहिले पनि मलाई लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन। तर जति हुन्छु, यो पटक म जनताको पक्षमा काम गरेर देखाउँछु। त्यही अनुसार काम गर्दै छु।”

उनले तेस्रो पटक प्रधानमन्त्री हुँदा जनतालाई केही भन्नु छ भनेको भएकाले अहिले सोही अनुसार अघि बढेको सुनाए।उनले यसअघि दुवैपटक नैतिकताको धरातलमा टेकेर प्रधानमन्त्रीबाट राजीनामा दिएको स्मरण गरे।

कसैले भनेर आफूले राजीनामा नदिने उल्लेख गर्दै आफ्नो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि पदमा नबस्ने प्रष्ट्याए।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?