Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१९ माघ २०८२, सोमबार
१९ माघ २०८२, सोमबार

प्रचण्डले भने : अब लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन


२५,असार ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अब लामो समय प्रधानमन्त्री हुन्छु भन्ने नलागेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले आफू पहिल्यै दुई पटक प्रधानमन्त्री भइसकेको उल्लेख गर्दै अहिले प्रधानमन्त्री बन्नुपर्ने परिस्थिति आइलागेको बताए।

उनले भने, “मलाई थाहा छ, म सधैँको लागि प्रधानमन्त्री भएको होइन, अहिले पनि मलाई लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन। तर जति हुन्छु, यो पटक म जनताको पक्षमा काम गरेर देखाउँछु। त्यही अनुसार काम गर्दै छु।”

उनले तेस्रो पटक प्रधानमन्त्री हुँदा जनतालाई केही भन्नु छ भनेको भएकाले अहिले सोही अनुसार अघि बढेको सुनाए।उनले यसअघि दुवैपटक नैतिकताको धरातलमा टेकेर प्रधानमन्त्रीबाट राजीनामा दिएको स्मरण गरे।

कसैले भनेर आफूले राजीनामा नदिने उल्लेख गर्दै आफ्नो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि पदमा नबस्ने प्रष्ट्याए।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?