Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

प्रहरी सेवालाई थप चुस्त र दुरुस्त बनाउन सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाह


२५,असार ,सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल प्रहरीलाई सुविधासम्पन्न एवं प्रविधियुक्त बनाई प्रहरी सेवालाई थप चुस्त एवं दुरुस्त बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको परिसरमा नवनिर्मित प्रदेश प्रहरी कार्यालयको मुख्य भवनसहितका संरचनाको आज उद्घाटन गर्दै उनले प्रहरीको क्षमता विकास गर्ने लगायतका काममा सरकार तत्पर रहेको बताए । प्रदेश प्रहरी कार्यालय धनगढीको परिसरमा प्रदेश सरकारको रु २३ करोड ८६ लाख ९४ हजार चारसय २१ को लागतमा मुख्य कार्यालयसहितका आठ वटा भवन संरचनाको निर्माण पूरा भएको छ ।

भूकम्प प्रतिरोधी यी संरचनाको कुमार रोयल जेभी निर्माण कम्पनीले तोकिएको समयभन्दा पाँच महिनाअघि नै निर्माण पूरा गरेको हो । मुख्य कार्यालय, आवास र मेस (भान्साघर) सहितका प्रदेश प्रहरी कार्यालयका यी संरचना देशमै पहिलो नमूनाको संरचना भएको बताइएको छ ।

प्रदेशको राजधानी धनगढी तोकिएपछि साविकमा दीपायलमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई पनि झण्डै तीन वर्षअघि धनगढी सारिएको थियो । साविकमा धनगढीमा रहेको सेती अञ्चल प्रहरी कार्यालयका भवनलाई प्रदेश प्रहरी कार्यालयको टुर मुकामका रूपमा प्रयोग गरिँदै आएकोमा अब सोही परिसरमा नयाँ भवन संरचना निर्माण गरिएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले नागरिकलाई सेवासुविधा उपलब्ध गराउन प्रहरीले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा सुरक्षासँग सम्बन्धित अन्य योजनामा प्रदेश सरकारसँग हातेमालो गरी अघि बढ्ने बताए ।

समारोहमा पूर्वमुख्यमन्त्रीद्वय राजेन्द्रसिंह रावल र त्रिलोचन भट्ट, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी, प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीले प्रहरी सङ्गठनले दिइरहेको सेवाका बारेमा बोलेका थिए । सो अवसरमा विभिन्न नृत्यसमेत प्रस्तुत गरिएको थियो ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?