Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

सवारी चोरी गर्ने ३६ कारबाहीमा, चोरिएका पाँच सय गाडी धनीलाई फिर्ता


२५,असार ,काठमाडौँ । प्रहरीले चालु आर्थिक वर्षमा उपत्यकाका विभिन्न क्षेत्रबाट चोरिएको पाँच सय सवारी साधान फेला पारी सवारी धनीलाई हस्तान्तरण गरेको छ ।

यसरी सवारी साधान चोरीमा संलगन रहेको ३६ जनालाई कारबाही गरेको छ । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले आज मात्रै विभिन्न क्षेत्रबाट २१ वटा दुई पाङ्ग्रे सवारी साधन खोजी गरी धनीलाई हस्तान्तरण गरिएको जानकारी दिए । उनले १२ वटा मोटरसाइकल र नौ वटा स्कुटर धनीलाई हस्तान्तरण गरिएको बताए ।

अवैध रुपमा नेपाल भित्रिएका ९५ वटा सवारी साधन भन्सार कार्यालयमा बुझाइएको र एउटा मोटरसाइकललाई थप अनुसन्धानको लागि यातायात व्यवस्था कार्यालय पठाइएको भट्टले बताए ।

चालु आवमै चोरीका २ पाङ्ग्रे ३२ सवारी साधनसहित चोरीमा संलग्न ३६ व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । हराएका सवारी साधन खोज तलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए पनि स्वयं सवारी धनी पनि विशेष चनाखोका साथै सजग हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनी सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न प्रहरीले अनुरोध गरेको छ ।

आफ्नो सवारीको ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपाय अबलम्वन गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

यस्तै प्रहरीले मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न पनि अनुरोध गरेका छन् । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?