१३ चैत्र, ताप्लेजुङ। लामो समयसम्म वर्षा नहुँदा सास्ती खेप्दै आएका ताप्लेजुङका किसान अहिले भने उत्साहित भएका छन् । प्रायः प्रत्येक साँझ–बिहान वर्षा भएसँगै अन्नबाली फष्टाउन सहयोग पुग्ने भएपछि किसान उत्साहित भएका हुन् । फक्ताङलुङ गाउँपालिका–६ का सन्तकुमार लिम्बू अहिले अलैँची बगानमा सिँचाइ गर्न नपरेकाले बिहीबार सदरमुकाम फुङ्लिङ बजारमा आइपुगे ।
१३ चैत्र, काठमाडौँ। नेपालका प्रसिद्ध मुटुरोग विशेषज्ञको रुपमा परिचित छन् डा. अवनिभूषण उपाध्याय। व्यावसायिक जीवनका क्रममा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै सरकारी, गैरसरकारी र निजी तीनवटै क्षेत्रमा कुशलतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गरी सात दशकको उमेरमा पनि उनी उत्तिकै क्रियाशील छन्। उनले वीर अस्पतालका अतिरिक्त भक्तपुर, उदयपुर, मेडिकियर, गङ्गालाल, सार्क हार्ट फाउण्डेसनमा संलग्न
१३ चैत्र, एजेन्सी । तालिबान समूहले संयुक्त राष्ट्रसङ्घ (यूएन) लाई आफ्ना सदस्यहरूको नाम कालोसूचीबाट हटाउन सोमबार पुनः आग्रह गरेको छ । अफगानिस्तानका अधिकारीहरूलाई दबाब दिनुको साटो अन्तर्राष्ट्रिय समुदायले उनीहरूसँग सहकार्य गर्नुपर्ने तर्क तालिवानले गरेको छ । सुरक्षा परिषद्ले यात्रा छुट बढाउने वा नबढाउने भन्ने विषयमा सहमति गर्न नसकेपछि १३ जना अफगानी
१३ चैत्र, बाँके । बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन् । उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन
१३ चैत्र, काठमाडाैँ । सत्ता गठबन्धनको बैठक मङ्गलबार बस्ने भएको छ । सत्ता गठनबन्धनमा रहेका तीन शीर्ष दलबीच मङ्गलबार अपराह्न ४ बजे बैठक राख्ने सहमति भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का
१३ चैत्र, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज आफ्नो पदाधिकारी बैठक बोलाएको छ । आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार आजको बैठकमा आगामी वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ
१३ चैत्र, काठमाडाैँ र। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख नौ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रू दुई सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला
१३ चैत्र, धरान । पूर्वी नेपालका चार जिल्लालाई जोड्ने राँके–रवि–भेडेटार सडक निर्माण ५० महिनाका अवधिमा २५ प्रतिशत प्रगति भएको छ । चौध महिनाअघि निर्माण सम्पन्न हुनुपर्ने सडक निर्माणका क्रममा ट्र्याक विस्तार गर्ने, पर्खाल हाल्ने तथा ढलानको तयारी गर्ने कार्य भइरहेको छ । सङ्घीय सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलका
१३ चैत्र, तनहुँ । तनहुँमा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु भएको छ । चालु आव २०७९÷८० को साउनदेखि माघसम्म जिल्लाका विभिन्न ठाउँमा भएका दुर्घटनामा १५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । मुत्यु हुनेमा दश पुरुष, चार महिला र एक बालक रहेको
१३ चैत्र, भक्तपुर। प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा