Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२७ माघ २०८२, मंगलवार
२७ माघ २०८२, मंगलवार

समाचार


टावर सञ्चालनमा नआउँदा फोन सम्पर्क गर्नै सकस

बेदकोट,कञ्चनपुर। कञ्चनपुरको उत्तरी चुरे क्षेत्रमा गतिलो मोबाइल नेटवर्क नहुँदा यहाँका बासिन्दाले फोन सम्पर्क गर्न सास्ती भोगिरहेका छन् । भीमदत्त, बेदकोट, शुक्लाफाँटा तथा कृष्णपुर नगरपालिकाको चुरे क्षेत्रअन्तर्गत पर्ने कतिपय ठाउँमा गतिलो मोबाइल नेटवर्क नहुँदा सम्पर्क गर्न सकस हुने गरेको स्थानीय बासिन्दाको गुनासो छ । “नेपाल टेलिकमको टावर भएर पनि राम्रोसँग नेटवर्क

समृद्धि र राष्ट्रियतालाई जोड्दै एमालेको सङ्कल्प यात्रा

काठमाडौं। सात वर्षअघि प्रमुख प्रतिपक्षमै भएका बेला झापाको काँकरभिट्टाबाट कञ्चनपुरको महेन्द्रनगरसम्म मेची–महाकाली अभियान सञ्चालन गरेको नेकपा (एमाले) अहिले मध्यपहाडी क्षेत्रलाई केन्द्रित गरेर सुदूरपश्चिमबाट पूर्वतिरको यात्रामा लागिरहेको छ । राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी बैतडीको झुलाघाटबाट सुरु भएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित एमालेले ‘समृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत आज बागमती प्रदेशमा कार्यक्रम सक्दै

प्रहरी निरीक्षकद्वय थापा, श्रेष्ठ र वरिष्ठ नायव निरीक्षक नेपाली सम्मानित

काठमाडौं। इन्टरपोलद्वारा आयोजित प्रतियोगितामा सर्वोत्कृष्ट सूचनामूलक छोटो भिडियो निर्माण गर्ने प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरुङ श्रेष्ठ तथा सगरमाथामा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली नेपाल प्रहरी पूर्व सङ्गठन प्रमुख मञ्चद्वारा सम्मानित भएका छन् । उक्त कार्यक्रममा पूर्व

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय बैठक बस्दै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक आज दिउँसो बस्दै छ । रास्वपाको संसदीय दलका सचेतक निशा डाँगीले आज पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने जानकारी दिएका छन् । उनले उक्त बैठकमा संसदीय दलको विधान र संसद्को आगामी अविधेशनबारे छलफल हुने बताए ।“आज अपरान्ह चार बजे संसदीय दलको बैठक

विदेशबाट फर्केर सामूहिक माछा पालन

गलेश्वर,म्याग्दी। वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका-३ का तीन जना युवाले सामूहिक माछा पालन गरेका छन् । त्यस्तै, स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले मालिका-३ मा पर्ने टिमुरे खोलामा सामूहिक माछा पालन थालेका हुन् । उक्त सामूहिक माछा पालन पश्चिम म्याग्दीका लागि उदाहरणीय

अमेरिकामा नेपाली साङ्गीतिक उत्सव

न्युयोर्क। नेपालका वरिष्ठ गायक गायिका र नेपाली भाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागितामा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बृहत् साङ्गीतिक समारोह आयोजना गरिएको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाद्वारा आइतबार आयोजित ‘इन्ट्रा कल्चरल इभेन्ट–२०२३’ मा नेपालका वरिष्ठ कलाकारहरुले प्रस्तुति दिएका थिए । वरिष्ठ सङ्गीतकार न्ह्यू बज्राचार्य, गायक

कर्णालीमा सात वर्षीय रणनीतिक कार्ययोजना

भेरीगङ्गा,सुर्खेत। कर्णाली प्रदेश सरकारले स्वास्थ्य पुनःस्थापनासम्बन्धी सात वर्षीय रणनीतिक कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याएको छ । अपाङ्गता न्यूनीकरण तथा पुनःस्थापना गर्नका लागि आगामी २०८७ सालसम्म विभिन्न काम गर्नेगरी उक्त रणनीतिक योजना अघि बढाइएको हो । त्यस्तै, रणनीतिक योजनाअन्तर्गत आकस्मिक अवस्थामा ज्यान गुमाउने तथा अपाङ्गता हुने अवस्था अन्त्य गरिने छ ।

हिंसाविरुद्ध सचेतनाका दिन कला प्रदर्शनी

काठमाडौं। काठमाडौंको बूढानीलकण्ठमा लैङ्गिक हिंसाविरुद्ध सचेतना फैलाउन चित्रकला प्रदर्शनी गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियानको अवसरमा बूढानीलकण्ठ नगरपालिकाद्वारा आयोजना गरिएको उक्त प्रदर्शनीमा ४९ कलाकारका सिर्जना समावेश छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार कुल लैङ्गिक हिंसामध्ये ८९ प्रतिशत चिनाजानका मानिसबाट भएको छ भने समग्रमा ८० प्रतिशत घटना घरेलु हिंसाका रहेको उल्लेख

लोकगायक खत्रीको पञ्चेबाजा गीत सार्वजनिक

गण्डकी। लोकगायक विष्णु खत्री र गायिका सुनिता बुढा क्षेत्रीले स्वर दिएको पञ्चेबाजा गीत ‘बागलुङ कालिकामा’ सार्वजनिक भएको छ । ‘विष्णु खत्री’ युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गीतले अहिलेसम्म २५ हजारभन्दा बढी ‘भ्यूज’ बटुलेको छ भने सुमधर क्रियशनले उत्पादन गरेको सो गीतमा शब्द र सङ्गीत पनि खत्रीकै रहेको छ । आशिष अविरलको

सबै महिलालाई डिजिटल प्रविधिमा जोड्न आवश्यक छ : उपसभामुख मगर

काठमाडौं। उपसभामुख इन्दिरा राना मगरले महिलाहरूलाई डिजिटल प्रविधिमा जोड्न आवश्यक रहेको बताएकी छन् । लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सबै महिलाहरूलाई डिजिटल प्रविधिमा जोड्न आवश्यक रहेको भन्दै सरकारले राजनैतिक रूपमा निर्वाचनमा पनि महिलालाई लगानी गर्नुपर्ने बताएकि छन् । उनले भनिन्, ‘यसपालिको नारी दिवसमा महिलाहरूलाई डिजिटल टेक्नोलोजीमा पहुँच

सम्वन्धित समाचारहरु