Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

धनुषामा एक पुरुष मृत भेटिए, उनकी पत्नी गम्भीर घाइते


काठमाडौं। धनुषामा एक जना पुरुष मृत भेटिएका छन् भने उनकी श्रीमती गम्भीर घाइते अवस्थामा फेला परेकी छन् ।

महोत्तरीको लोहारपट्टी नगरपालिका-३ महदैयाका राधे सहनी आज बिहान मृत फेला परेका छन् । उनकी श्रीमती अस्मिता सहनी सख्त घाइते अवस्थामा पाइएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिएका छन् । उनका अनुसार मृतक सहनी अन्दाजी ३० र उनकी पत्नि २८ वर्षकी छन् ।

प्रहरी निरीक्षक कार्कीका अनुसार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियास्थित गहुँ खेतमा सोमबार बिहान राधे मृत फेला परेका थिए । उनको श्रीमतीलाई पनि खेतमै अचेत अवस्थामा प्रहरीले फेला पारेको हो ।

त्यसैगरी, गम्भीर घाइते अस्मिताको उद्धार गरी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ, तर उनको स्वास्थ्य अवस्था निकै जटिल रहेको प्रहरीले जनाएको छ । सोही अस्पतालमा राधेको पोस्मार्टमका लागि शव राखिएको छ ।

६ महिनाअघि प्रेम विवाह गरेका राधे र अस्मिता क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए । उक्त घटना के कारणले घट्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिएका छन्।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?