Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

धनुषामा एक पुरुष मृत भेटिए, उनकी पत्नी गम्भीर घाइते


काठमाडौं। धनुषामा एक जना पुरुष मृत भेटिएका छन् भने उनकी श्रीमती गम्भीर घाइते अवस्थामा फेला परेकी छन् ।

महोत्तरीको लोहारपट्टी नगरपालिका-३ महदैयाका राधे सहनी आज बिहान मृत फेला परेका छन् । उनकी श्रीमती अस्मिता सहनी सख्त घाइते अवस्थामा पाइएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिएका छन् । उनका अनुसार मृतक सहनी अन्दाजी ३० र उनकी पत्नि २८ वर्षकी छन् ।

प्रहरी निरीक्षक कार्कीका अनुसार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियास्थित गहुँ खेतमा सोमबार बिहान राधे मृत फेला परेका थिए । उनको श्रीमतीलाई पनि खेतमै अचेत अवस्थामा प्रहरीले फेला पारेको हो ।

त्यसैगरी, गम्भीर घाइते अस्मिताको उद्धार गरी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ, तर उनको स्वास्थ्य अवस्था निकै जटिल रहेको प्रहरीले जनाएको छ । सोही अस्पतालमा राधेको पोस्मार्टमका लागि शव राखिएको छ ।

६ महिनाअघि प्रेम विवाह गरेका राधे र अस्मिता क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए । उक्त घटना के कारणले घट्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिएका छन्।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?