Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

करिब दुई दर्जन कार्यकर्ताले छाडे रास्वपा


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका करिब दुई दर्जन नेता कार्यकर्ताले एकै पटक पार्टी छाडेका छन् ।

बर्दियाको गुलरियाका २१ जनाले पार्टीप्रति असन्तुष्टि जनाउँदै पाटी छाडेका हुन् । उक्त पार्टीभित्रको गुट उपगुट, स्वार्थीपन र नेतृत्वप्रति रहेको स्वार्थीपनाका कारण आफूहरू पार्टीमा रहन नसकेको उनीहरूले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनीहरूले पार्टीका बर्दिया जिल्ला संयोजकलाई सम्बोधन गरेर लेखेको पार्टी परित्यागको पत्र क्षेत्र, प्रदेश र केन्द्रीय कमिटीलाई बोधार्थ दिइएको छ, तर रास्वपाको नगर कमिटीले राजीनामा बुझाएका वडा सभापति प्रेमबहादुर खड्कालाई कारबाही गरेका कारण यस्तो भएको हुनसक्ने दाबी गरेको छ ।

त्यस्तै, गुलरिया नगरपालिका वडा नं ४ को विभिन्न पदमा रहेका २१ जनाले सामूहिक हस्ताक्षरसहितको राजीनामा बुझाउँदै पुराना दलका नेताहरू नयाँ भनिएको दलमा स्वार्थहरू उस्तै रहेकाले आफूहरू यो पार्टीमा बस्न नसकेको जनाइएको छ ।

 


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?