काठमाडौं। बिहीवार विवाहको तयारीमा रहेकी पूर्वमिस नेपाल श्रृंखला खतिवडाको आज ‘मेहेन्दी समारोह’ चलिरहेको छ । श्रृंखलाको ‘मेहेन्दी सेरेमोनी’मा पूर्वमिस नेपालहरु पुगेका छन् । उक्त तस्वीरमा पूर्व मिस नेपालहरु उषा खड्गी, सदिक्षा श्रेष्ठ, प्रिया सिग्देल, सुगरिका केसी, जेनिशा मोक्तान लगायत देखिएका छन् भने केही दिनदेखि नगरकोटको एक रिसोर्टमा पनि पूर्वमिस नेपालहरुसँग
काठमाडौं। औषधि व्यवस्था विभागले चार औषधिको उत्पादन तत्काल नगर्न निर्देशन दिएको छ । विभागले एसिक्लोफेनेक, लिनाग्लिप्टिन, लिनाग्लिप्टिन एन्ड मेट्फर्मिन र रिभरोक्सबान नामक औषधिको उत्पादन रोक्न निर्देशन दिएको हो । त्यस्तै रोक लगाइएका औषधिको बजारमा बिक्री भइरहेको ‘ब्रान्ड’ समेत थप उत्पादन नगर्न विभागले निर्देशन दिएको छ । उक्त औषधि मूल्याङ्कन समितिको
महेन्द्रनगर। जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछा-मासु बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आज एक सूचना जारी गर्दै मङ्सिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म मदिरा तथा माछा-मासुको बिक्री वितरणमा रोक लगाएको हो । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवलाई
हेटौँडा। रेल विभागले मेची-महाकाली द्रुत विद्युतीय रेलमार्ग अन्तर्गत निजगढ-हेटौँडा-भरतपुर खण्डको विस्तृत डिजाइन अन्तिम चरणमा पुगेको छ । फुलब्राइट कन्सलटेन्सी प्रा.लि.ले परियोजनाको डिजाइन गरिरहेको छ । निजगढ–सिग्नल स्टेशन ९ वटा रहने रेलमार्गको केन्द्रबिन्दुबाट २५–३० मिटर दायाँबायाँ राइट अफ वे रहने बताइएको छ भने यात्रु स्टेशनका लागि १६० मिटर चौडाइ र १७०
काठमाडौं। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ६२ वटा महिला तथा बालिकाविरूद्ध हिंसात्मक घटना भएको पाइएको छ । अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको प्रतिवेदनमा बाल अधिकारसम्बन्धी १९, महिला अधिकारसम्बन्धी ३९ र चारवटा हत्याका घटना भएको जनाइएको हो । बालअधिकारमा १३ बलत्कार, चार यौन दुर्व्यवहार , दुई बेचबिखनका रहेका छन्
मुगु । केही दिनयता मुगुमा चिसो बढ्दै गएको छ । हिमपात पनि सुरु भएको छ । चिसो बढेपछि जिल्ला प्रहरी कार्यालयले मुगुम कार्मारोङ्ग गाउँपालिका-२ मुगु गाउँमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी सदरमुकाम झरेका छन् । अत्यधिक जाडो बढेपछि प्रहरी सहायक निरीक्षक नेतृत्वको ११ जनाको टोलीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको
काठमाडौं। सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि हालसम्म देशका ७१ वटा अस्पतालसँग सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी ती अस्पतालसँग अनलाइन सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा सेवा
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको क्लब सेन्टर फर अप्लाइड रिसर्च एण्ड रुलर डेभलपमेन्टले आयोजना गर्ने कर्मालयको दशौं संस्करण सुरु भएको छ । इन्जिनियरिङ विधा अन्तरगत विद्यार्थीले हासिल गरेको ज्ञान, सीप र नविनतम सोचहरुलाई प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कर्मालयको दशौं संस्करणको बिहीबार परिचयात्मक सेसन भएको छ
गलेश्वर,म्याग्दी। सोमबार बाला चतुर्दशीका दिन म्याग्दीको गलेश्वरमा बाग्लुङको काठेखोला–४ तङग्रामबाट डाला नाङ्ला बोकेर गलेश्वर आएकी अमृता पुन ल्याएका सामग्री नबिकेपछि चिन्तित भएकी छन् । पुन मात्रै होइन, बागलुङकै बडिगाड गाउँपालिकाका धनबहादुर बुढा, तनहुँको बन्दीपुर गाउँपालिका–५ की तिलिमाया भुजेल र बागलुङको अमलाचौरका टेकनाथ चापागाइँले पनि आफूले ल्याएका सामान बिक्री नभएपछि सामान
काठमाडौं। गायक मोहन श्रेष्ठ र गायिका सहिमा श्रेष्ठको सुमधुर स्वरमा सजिएको 'अरे क्यानाम' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा अमर बान्तुको शब्द रहेको छ भने राजन राज सिवाकोटीको संगीत रहेको छ। गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ। डान्सिङ भर्सनको यस गीतको राज आचार्य र सजिना