Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

एमालेका मनोनीत ६ केन्द्रीय सदस्यले लिए शपथ


काठमाडौं। नेकपा एमालेको केन्द्रीय सदस्य पदमा मनोनीत ६ जनाले आज शपथ लिएका छन् ।

गत पुस २० गते बसेको एमाले सचिवालय बैठकले ५ पूर्व प्रदेश अध्यक्ष र एक जिल्ला अध्यक्षलाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो । मनोनीत केन्द्रीय सदस्यहरूलाई मंगलबार अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयमा शपथ गराएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

एमाले सचिवालय बैठकले कोशी प्रदेशका पूर्वअध्यक्ष तुलसी प्रसाद न्यौपाने, मधेस प्रदेशका राम अवतार यादव, बाग्मतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह र सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारी र झापा जिल्ला अध्यक्ष दीपक थापा समेत एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका थिए ।


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?