Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

चालू आर्थिक वर्षको पुसमा सबैभन्दा बढी घरजग्गा कारोबार


काठमाडौं। चालू आर्थिक वर्षमा सबैभन्दा बढी घरजग्गा कारोबार पुस महिनामा भएको छ । चालू आर्थिक वर्षको पुस महिनामा यस वर्षकै सबैभन्दा बढी घरजग्गा कारोबार भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

त्यस्तै, मङ्सिरमा ४१ हजार ८५१ वटा घरजग्गा कारोबार भएको थियो । जसबापत सरकारले २ अर्ब ८६ करोड ५० लाख ११ हजार २१ रुपैयाँ राजस्व संकलन गरेको थियो । यसअघि मङ्सिरमा चालू आर्थिक वर्षकै सबैभन्दा बढी घरजग्गा कारोबार भएको थियो । जसलाई पुसको कारोबारले उछिनेको छ ।

पुसमा ४५ हजार २७७ संंख्यामा घरजग्गाको लिखित पास भएको विभागले जनाएको छ । जसबापत सरकारले ३ अर्ब २० करोड ५२ लाख १३ हजार ५३० रुपैयाँ राजस्व संकलन गरेको छ । मङ्सिरको तुलनामा पुसमा घरजग्गा कारोबार ८ प्रतिशतले बढेको छ ।


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?