Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

नेपालमा चलचित्र क्षेत्र राष्ट्रिय र उद्योगका रुपमा विकास हुन सकेनः निर शाह


काठमाडौं। कलाकार निर शाहले नेपालमा चलचित्र क्षेत्र राष्ट्रिय र उद्योगका रुपमा विकास हुन नसकेको बताएका छन् ।

मंगलबार निफ २०२४ बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा अहिलेसम्म पनि चलचित्र नामको कर्म मात्रै रहेको बताएका छन् ।

उनले भने, ‘ हामीसँग चलचित्र नामको कर्म छ, तर त्यो उद्योग हुनसक्यो कि सकेन? त्यसमा अध्ययन गर्न जरुरी छ । हामी राष्ट्रिय चलचित्र उद्योग भन्छौँ, त्यो उद्योग हुनसक्यो की सकेन भन्नेमा विश्लेषणात्मक अध्ययनको जरुरी छ । मेरो विचारमा हुन सकेको छैन । राष्ट्रिय पनि हुन सकेको छैन । उद्योग पनि हुन सकेको छैन । चलचित्र चाहीँ छ । चलचित्र कर्मलाई दिगो रुपले टेवा दिने उपयुक्त किसिमको पुँजी व्यवस्थापन नहुनु र बजार व्यवस्थापन नहुनु आजको हाम्रो चलचित्र कर्मको सबैभन्दा ठूलो चुनौती हो ।’

त्यस्तै, कलाकार शाहले चलचित्र कर्मलाई दिगो रुपले टेवा दिने उपयुक्त किसिमको पुँजी व्यवस्थापन नहुनु र बजार व्यवस्थापन नहुनु चलचित्र कर्मको सबैभन्दा ठूलो चुनौती रहेको बताए । उनले देशमा नेपाली सिनेमा देखाउने चलचित्र घर नै नरहेको बताए ।

कलाकार शाहले आयातित चलचित्रले प्रश्रय पाउनेगरी खोलिएका चलचित्र घरहरुमा नेपाली चलचित्र प्रदर्शनी गरेर चलचित्र क्षेत्रको विकास हुन नसक्ने बताएका छन् ।


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?