Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

१० प्रतिशत मूल्य घटाएर २२ वटा च्याङ्ग्रा बिक्री


काठमाडौं। कुकुरको आक्रमणबाट जोगिएका बाँकी च्याङ्ग्रा बिक्री भएका छन् । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बागमती प्रदेश कार्यालयले बाँकी २२ वटा च्याङ्ग्रा बिक्री गरेको हो ।

त्यस्तै, च्याङ्ग्राको मूल्य ११ सय २५ रुपैयाँ प्रतिकिलो थियो र १० प्रतिशतले घटाएर १ हजार १५ प्रतिकिलो रुपैयाँमा बिक्री गरिएको थापाले जानकारी दिएकी छन् । मर्ने अवस्थामा पुगेका पशुको उद्धार गर्दा राम्रो हुने भन्दै बौद्धधर्म मान्ने लामाहरूले च्याङ्ग्राहरू एकमुस्ट खरिद गरेको उनको भनाई रहेको छ ।

उक्त कम्पनीको खोरमा पर्वका लागि ल्याएका ४७ वटा च्याङ्ग्रामा राखिएका थिए । तीमध्ये २५ वटा च्याङ्ग्रा कुकुरको आक्रमणबाट मरेपछि बाँकी २२ वटालाई कम्पनीले बिक्री गरेको कम्पनीकी प्रमुख ज्ञानु थापाले बताइन् । घाइते भएका च्याङ्ग्रामा रेबिज नभएको पुष्टि भएसँगै सो च्याङ्ग्राको १० प्रतिशत मूल्य घटाएर बिक्री गरेको गरिएको हो । करिब ६ लाख रुपैयाँमा ती च्याङ्ग्रा बिक्री गरिएको थापाले सुनाइन् ।

उनका अनुसार ती च्याङ्ग्रा खानुभन्दा धार्मिक प्रयोजनका लागि खरिद गरिएको हो ।


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?