Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

१० प्रतिशत मूल्य घटाएर २२ वटा च्याङ्ग्रा बिक्री


काठमाडौं। कुकुरको आक्रमणबाट जोगिएका बाँकी च्याङ्ग्रा बिक्री भएका छन् । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बागमती प्रदेश कार्यालयले बाँकी २२ वटा च्याङ्ग्रा बिक्री गरेको हो ।

त्यस्तै, च्याङ्ग्राको मूल्य ११ सय २५ रुपैयाँ प्रतिकिलो थियो र १० प्रतिशतले घटाएर १ हजार १५ प्रतिकिलो रुपैयाँमा बिक्री गरिएको थापाले जानकारी दिएकी छन् । मर्ने अवस्थामा पुगेका पशुको उद्धार गर्दा राम्रो हुने भन्दै बौद्धधर्म मान्ने लामाहरूले च्याङ्ग्राहरू एकमुस्ट खरिद गरेको उनको भनाई रहेको छ ।

उक्त कम्पनीको खोरमा पर्वका लागि ल्याएका ४७ वटा च्याङ्ग्रामा राखिएका थिए । तीमध्ये २५ वटा च्याङ्ग्रा कुकुरको आक्रमणबाट मरेपछि बाँकी २२ वटालाई कम्पनीले बिक्री गरेको कम्पनीकी प्रमुख ज्ञानु थापाले बताइन् । घाइते भएका च्याङ्ग्रामा रेबिज नभएको पुष्टि भएसँगै सो च्याङ्ग्राको १० प्रतिशत मूल्य घटाएर बिक्री गरेको गरिएको हो । करिब ६ लाख रुपैयाँमा ती च्याङ्ग्रा बिक्री गरिएको थापाले सुनाइन् ।

उनका अनुसार ती च्याङ्ग्रा खानुभन्दा धार्मिक प्रयोजनका लागि खरिद गरिएको हो ।


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?