Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कर्णालीमाथि सुदूरपश्चिमको १३४ रनको फराकिलो जित


काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित हात पारेको छ।

भैरहवामा मंगलबार भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १३४ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । सुदूरपश्चिमले दिएको २७८ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.२ ओभरमा १४३ रनमा अलआउट भयो । कर्णालीका लागि दिवान पुनले सबैभन्दा बढी ३८ रन जोड्दा अरू ब्याटर सस्तैमा आउट भयो।

बलिङमा सुदूरका शेर मल्लले ४ विकेट लिए। उनले १० ओभरमा ३५ रन खर्चिए। विकास आग्रीले २ विकेट लिए भने नारायण जोशी, भोजराज भट्ट र नरेन भट्टले १/१ विकेट लिए। त्यसअघि सुदूरपश्चिमका ओपनरद्वय खडक बोहरा र टेक रावत तथा किरण ठगुन्नाले अर्धशतक प्रहार गरे।

टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका ओपनरबीच पहिलो विकेटका लागि १३८ रनको साझेदारी भएको थियो। जसमा टेकले ५९ रन बनाउने क्रममा ९१ बलमा ७ चौका प्रहार गरे। खडकले ११४ बलमा ६ चौका प्रहार गर्दै ८० रनको योगदान गरे। त्यस्तै मध्यक्रमका ब्याट्सम्यान किरणले रनआउट हुनुअघि ५० रन जोडे।

तीन खेलाडीको अर्धशतक तथा नारायण जोशीले १२ बलमा १ चौका ३ छक्काको मद्दतमा नटआउट ३१ रन जोडेको सुदूरपश्चिमले ५ विकेटको क्षतिमा २७७ रन जोड्यो। बलिङमा कर्णालीका दिनेश अधिकारी, उमेश सिंह, प्रकाश जैसी र दीपेन्द्र रावतले १/१ विकेट लिए।


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?