Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

कर्णालीमाथि सुदूरपश्चिमको १३४ रनको फराकिलो जित


काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित हात पारेको छ।

भैरहवामा मंगलबार भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १३४ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । सुदूरपश्चिमले दिएको २७८ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.२ ओभरमा १४३ रनमा अलआउट भयो । कर्णालीका लागि दिवान पुनले सबैभन्दा बढी ३८ रन जोड्दा अरू ब्याटर सस्तैमा आउट भयो।

बलिङमा सुदूरका शेर मल्लले ४ विकेट लिए। उनले १० ओभरमा ३५ रन खर्चिए। विकास आग्रीले २ विकेट लिए भने नारायण जोशी, भोजराज भट्ट र नरेन भट्टले १/१ विकेट लिए। त्यसअघि सुदूरपश्चिमका ओपनरद्वय खडक बोहरा र टेक रावत तथा किरण ठगुन्नाले अर्धशतक प्रहार गरे।

टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका ओपनरबीच पहिलो विकेटका लागि १३८ रनको साझेदारी भएको थियो। जसमा टेकले ५९ रन बनाउने क्रममा ९१ बलमा ७ चौका प्रहार गरे। खडकले ११४ बलमा ६ चौका प्रहार गर्दै ८० रनको योगदान गरे। त्यस्तै मध्यक्रमका ब्याट्सम्यान किरणले रनआउट हुनुअघि ५० रन जोडे।

तीन खेलाडीको अर्धशतक तथा नारायण जोशीले १२ बलमा १ चौका ३ छक्काको मद्दतमा नटआउट ३१ रन जोडेको सुदूरपश्चिमले ५ विकेटको क्षतिमा २७७ रन जोड्यो। बलिङमा कर्णालीका दिनेश अधिकारी, उमेश सिंह, प्रकाश जैसी र दीपेन्द्र रावतले १/१ विकेट लिए।


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?