Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

इलाम-२ मा रास्वपाले खोज्यो स्थानीय उम्मेदवार


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ को उपनिर्वाचनमा स्थानीय व्यक्तिलाई उम्मेदवार बनाउने भएको छ ।

उक्त क्षेत्रबाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएपछि उपनिर्वाचन हुँदैछ । उम्मेदवार छनोटमा स्थानीय व्यक्तिलाई प्राथमिकता दिने महामन्त्री मुकुल ढकालले जानकारी दिएका छन् ।

यसअघि भएको उपनिर्वाचनमा रास्वपाले स्थानीय उम्मेदवार बनाएको थिएन । चितवन-२ मा रवि लामिछाने, तनहुँ-१ मा डा. स्वर्णिम वाग्ले र बारा-२ मा रमेश खरेल उम्मेदवार बन्दा तीनै जना स्थानीय उम्मेदवार थिएनन् ।

लामिछाने र वाग्लेले चुनाव जिते पनि बाराका उम्मेदवार खरेलले निकै कम मत पाएका थिए । कोशीमा प्रदेश नामकरणको मुद्दा विवादमा परेको छ । त्यसैले इलाममा बाहिरका व्यक्ति उम्मेदवार बनाउँदा नकारात्मक सन्देश जान सक्ने रास्वपाको आङ्कलन रहेको छ ।


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?