Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

इलाम-२ मा रास्वपाले खोज्यो स्थानीय उम्मेदवार


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ को उपनिर्वाचनमा स्थानीय व्यक्तिलाई उम्मेदवार बनाउने भएको छ ।

उक्त क्षेत्रबाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएपछि उपनिर्वाचन हुँदैछ । उम्मेदवार छनोटमा स्थानीय व्यक्तिलाई प्राथमिकता दिने महामन्त्री मुकुल ढकालले जानकारी दिएका छन् ।

यसअघि भएको उपनिर्वाचनमा रास्वपाले स्थानीय उम्मेदवार बनाएको थिएन । चितवन-२ मा रवि लामिछाने, तनहुँ-१ मा डा. स्वर्णिम वाग्ले र बारा-२ मा रमेश खरेल उम्मेदवार बन्दा तीनै जना स्थानीय उम्मेदवार थिएनन् ।

लामिछाने र वाग्लेले चुनाव जिते पनि बाराका उम्मेदवार खरेलले निकै कम मत पाएका थिए । कोशीमा प्रदेश नामकरणको मुद्दा विवादमा परेको छ । त्यसैले इलाममा बाहिरका व्यक्ति उम्मेदवार बनाउँदा नकारात्मक सन्देश जान सक्ने रास्वपाको आङ्कलन रहेको छ ।


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?