काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ। रास्वपाका सचेतक निशा डाँगी, सहमहामन्त्री सुमना श्रेष्ठ र पूर्वधार विभागका सचिव कृष्ण भेटवालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामार्फत् दुर्घटना न्यूनीकरणका लागि दबाब दिएका हुन्। माघ २८ गते एकैदिन दाङको भालुवाङ, काठमाडौँको चन्द्रागिरि र बाग्लुङको ढोरपाटनमा भएका
काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वयंसेवालाई राष्ट्रिय प्रणालीमा आबद्ध गरेर विपद्जन्य जोखिम व्यवस्थापन गर्ने योजना बनेको बताएका छन् । काठमाडौं महानगरपालिकाले मङ्गलवार बिहान नयाँ सडकस्थित भूगोलपार्कमा आयोजना गरेको २६औँ भूकम्प स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। विपद् पूर्वतयारी र विपद्पछिको पुनर्निर्माण लगायतमा काठमाडौं महानगरले गरेको काम उदाहरणीय
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रतिरोधी संरचना निर्माण र व्यवस्थित संरचनाका लागि भौतिक संरचनाहरूको बीमा गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् । २६औँ भूकम्प सुरक्षा दिवस मूल समारोहमा बोल्दै प्रधानमन्त्रीले भौतिक संरचनाको बीमा गर्ने व्यवस्थामा जान आवश्यक रहेको बताउँदै मन्त्रिपरिषद्ले त्यसबारे अध्ययन गर्ने निर्णय गरेको बताएका हुन्। उक्त कार्यक्रममा
काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश विकास गर्न नसक्ने हो भने राजीनामा दिनुपर्ने बताएका छन् । २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा आयोजित जनचेतनामूलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीले केही दिनअघि मात्रै राजनीतिक
काठमाडौं। नेकपा एमालेको केन्द्रीय सदस्य पदमा मनोनीत ६ जनाले आज शपथ लिने भएका छन् । त्यस्तै, गत पुस २० गते बसेको एमाले सचिवालय बैठकले ५ पूर्व प्रदेश अध्यक्ष र एक जिल्ला अध्यक्षलाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो । एमाले सचिवालय बैठकले कोशी प्रदेशका पूर्वअध्यक्ष तुलसी प्रसाद न्यौपाने, मधेस प्रदेशका राम
भरतपुर,चितवन। नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका हुन् । यससँगै तीनवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिएका छन्। उनले पुलमा एक तह कालोपत्रको
ललितपुर। ललितपुरको पुल्चोकमा वीर शम्शेरले आनन्द शम्शेरका लागि निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबार छ । यही ऐतिहासिक दरबारमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान र पुल्चोक क्याम्पसको प्रशासन रहेको छ । त्यस्तै, वास्तुकला र युरोपेली शैलीमा निर्माण भएको आनन्द निकेतन राणाकालीन ऐतिहासिक दरबारमा विसं २०२३ देखि नेपाल इन्जिनियरिङ इन्स्टिच्युट सरेको थियो
काठमाडौं। सोमबार दिउँसो काठमाडौंको टुँडिखेलमा माघी मनाउन गएकाहरुबीच भागदौडमा परेर घाइते भएका १६ मध्ये १५ जना उपचारपछि घर फर्किएका छन् भने एकजनाको भने वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा अहिले पनि उपचार भइरहेको छ । टुँडिखेलमा माघे सङ्क्रान्तिका अवसरमा मगर र थारू समुदायले आयोजना गरेको अलगअलग कार्यक्रममा सर्वसाधारणको अत्यधिक भीडका कारण
काठमाडौं। ६ महिनामा चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको संख्या करिब डेढ लाख जना पुगेको छ । निकुञ्ज घुम्नेमा स्वदेशी पर्यटकको संख्या उल्लेख्य छ । चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तव्य मानिन्छ । त्यसैगरी, ६ महिनामा साढे १७ करोड रुपैयाँ हाराहारी आम्दानी गर्दा पर्यटनबाटमात्रै १४ करोड भन्दा धेरै
ढोरपाटन,बागलुङ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गर्न थालिएको छ । लोकमार्गको पाखुट्टे–बायखोला–झिम्पा हुँदै निसी जोड्ने सडकलाई स्तरोन्नति गर्न थालिएको हो । विसं २०७३ मा लोकमार्गको वैकल्पिक सडकका रुपमा बायखोला–झिम्पा सडकको ‘ट्र्याक’ खोलिएको थियो । उक्त सडक स्तरोन्नतिका लागि गत वर्ष केन्द्र सरकारको रु एक करोड ३० लाख