Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

केन्द्रीय समिति बैठकमा ओलीको लिखित दस्ताबेज नआउने


काठमाडौं। नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा सुरु भएको बैठक तीन दिनसम्म चल्ने छ । उक्त पटकको बैठकमा अध्यक्ष ओलीले लिखित प्रतिवेदन भने पेश नगर्ने भएका छन् ।

त्यस्तै, केन्द्रीय समिति बैठकमा छलफल गर्न ६ वटा एजेन्डा तय गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् भने केन्द्रीय समिति बैठक उद्घाटनका क्रममा अध्यक्ष ओलीले मौखिक सम्बोधन मात्रै गर्ने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।

‘यो पटक पहिलाको बैठक भन्दा फरक हुँदैछ । अध्यक्षले लिखित प्रतिवेदन पेश नगर्ने भन्ने भएको छ’, नेता रिजालले भने, ‘एजेन्डामा आधारित प्रश्नमा केन्द्रीय सदस्यहरूको समूह विभाजन गरेर सुझाव संकलन गरिन्छ ।’ ओलीले पछिल्लो राजनीतिक अवस्थाको विश्लेषणसहित समसामयिक विषयमा धारणा राखेपछि केन्द्रीय सदस्यहरूलाई बैठकका एजेन्डा जानकारी गराइने र एजेन्डामा समूहगत छलफल गरेर निष्कर्ष निकालेपछि दस्ताबेज बनाउने तयारी भएको रिजालको भनाइ रहेको छ ।

अध्यक्ष ओलीले सम्बोधनपछि महासचिव शंकर पोख्रेलले सांगठानिक कामको समीक्षा र संगठन शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा पेश गर्नेछन् । जसमा जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएको समस्या र समाधानका उपाय र जनपरिचालन र जनदबाबका एजेन्डाका बारेमा समेत छलफल गर्ने एमालेको तयारी रहेको छ ।

त्यस्तै, एमाले बैठकको अर्को एजेन्डा समसामयिक प्रस्ताव पारित गर्ने रहेको छ भने ति मध्ये जनदबाव तथा जनपरिचालन र पार्टीभित्रको शुद्धीकरण र सुदृढिकरणसम्बन्धी एजेन्डामा केन्द्रीय सदस्यहरूको मतका आधारमा आगामी कार्यक्रम तय गर्ने एमालेको तयारी रहेको छ ।


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?