Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

केन्द्रीय समिति बैठकमा ओलीको लिखित दस्ताबेज नआउने


‘केपी शर्मा ओलीलाई नै भोट किन ?’ — एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र

काठमाडौं। नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा सुरु भएको बैठक तीन दिनसम्म चल्ने छ । उक्त पटकको बैठकमा अध्यक्ष ओलीले लिखित प्रतिवेदन भने पेश नगर्ने भएका छन् ।

त्यस्तै, केन्द्रीय समिति बैठकमा छलफल गर्न ६ वटा एजेन्डा तय गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् भने केन्द्रीय समिति बैठक उद्घाटनका क्रममा अध्यक्ष ओलीले मौखिक सम्बोधन मात्रै गर्ने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।

‘यो पटक पहिलाको बैठक भन्दा फरक हुँदैछ । अध्यक्षले लिखित प्रतिवेदन पेश नगर्ने भन्ने भएको छ’, नेता रिजालले भने, ‘एजेन्डामा आधारित प्रश्नमा केन्द्रीय सदस्यहरूको समूह विभाजन गरेर सुझाव संकलन गरिन्छ ।’ ओलीले पछिल्लो राजनीतिक अवस्थाको विश्लेषणसहित समसामयिक विषयमा धारणा राखेपछि केन्द्रीय सदस्यहरूलाई बैठकका एजेन्डा जानकारी गराइने र एजेन्डामा समूहगत छलफल गरेर निष्कर्ष निकालेपछि दस्ताबेज बनाउने तयारी भएको रिजालको भनाइ रहेको छ ।

अध्यक्ष ओलीले सम्बोधनपछि महासचिव शंकर पोख्रेलले सांगठानिक कामको समीक्षा र संगठन शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा पेश गर्नेछन् । जसमा जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएको समस्या र समाधानका उपाय र जनपरिचालन र जनदबाबका एजेन्डाका बारेमा समेत छलफल गर्ने एमालेको तयारी रहेको छ ।

त्यस्तै, एमाले बैठकको अर्को एजेन्डा समसामयिक प्रस्ताव पारित गर्ने रहेको छ भने ति मध्ये जनदबाव तथा जनपरिचालन र पार्टीभित्रको शुद्धीकरण र सुदृढिकरणसम्बन्धी एजेन्डामा केन्द्रीय सदस्यहरूको मतका आधारमा आगामी कार्यक्रम तय गर्ने एमालेको तयारी रहेको छ ।


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?