Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

फराकिलो बन्दै नेपालगञ्ज -बघौडा हुलाकी सडक


राँझा,बाँके। पुष्पलाल चोकदेखि पूर्व राप्ती नदीसम्मको १० किलोमिटर सडकखण्ड स्तरोन्नति भएसँगै नेपालगञ्ज–बघौडा हुलाकी सडक फराकिलो बनेको छ । सो खण्डमा हालै कालोपत्र पनि सकिएको छ ।

ज्ञानिश शारदा जेभीले रु १२ करोडमा नेपालगन्जको पुष्पलाल चोकदेखि पूर्व १० किलोमिटर क्षेत्रको हुलाकी सडक विस्तारको ठेक्का पाएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, नेपालगन्जका सूचना अधिकारी इन्जिनियर कृष्ण पाण्डेले बताएका छन् । उनका अनुसार, बाँके जिल्लाका ग्रामीण क्षेत्र हुलाकी सडक निर्माणसँगै अहिले सुगम बन्दै गएका छन् भने हुलाकी सडक निर्माणले राप्ती सोनारीको बैजापुरदेखि नरैनापुरको सुइया बघौडालाई सदरमुकाम नेपालगन्जसँग सीधा सम्पर्क गराएको छ ।

सो स्तरोन्नतीसँगै अहिले यो सडकखण्ड दुई लेनको भएको छ । विगतमा साँघुरो सडकमा खाल्डाखुल्डी हुँदा आवतजावतमा कठिनाइ हुने गरेकामा अहिले दुवै छेउमा सडक विस्तार भएपछि आवागमनमा सहज भएको डुडुवाका स्थानीय युवा महेश चौधरीले बताए। “साँघुरो सडक विस्तार भएपछि अहिले धेरै सजिलो भएको छ”, उनले भने ।

त्यसैगरी, नेपालगञ्जदेखि राप्ती नदी तरेर राप्तीसोनारीको फत्तेपुर, विनौना बैजापुर हुँदै अगैयासम्मको हुलाकी सडकको दूरी छोटो भएका कारण नेपालगञ्जबाट पूर्वपश्चिम राजमार्गको कोहलपुर हुँदै अगैयासम्म जाने सवारी साधनहरूले विकल्पमा यो सडक प्रयोग गर्दै आएको राप्ती सोनारीका अगुवा तुलसी थारूले बताएका छन् ।

नेपालगञ्जदेखि राप्तीपारि हुँदै अगैयासम्मको सडकको दूरी करिब ३५ किलोमिटर छ भने कोहलपुरबाट पूर्वपश्चिम राजमार्गको बाँके राष्ट्रिय निकुञ्ज हुँदै अगैया पुग्नका लागि करिब ६१ किलोमिटरको दूरी छ भने सो दूरी छोटो पर्ने भएकाले सवारी साधनहरूले अगैयासम्म पुग्नका लागि राप्तीपारिकै सडक रोज्ने गरेका छन् ।

त्यस्तै, बाँकेमा अहिले राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरस्थित कुण्डादेखि बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर कालोपत्र काम एपिक्स कन्काई खड्का जेभिले रु ७६ करोडको लागतमा गरिरहेको छ भने नेपालगञ्ज–गुलरिया सडक खण्डको २८ किलोमिटरमध्ये ११ दशमलव छ किलोमिटर चार लेन र बाँकी दुई लेनको काम रु दुई अर्ब ७८ करोडमा शर्मा एन्ड कम्पनीले गरिरहेको छ ।

बाँके क्षेत्र नं १ का सांसद सूर्य ढकालले काम तीव्र गतिमा सञ्चालनमा रहे पनि निर्माण कम्पनीको मागबमोजिम भुक्तानी, मुआब्जाको समस्या र विद्युत् पोलको चुनौती रहेको बताउँदै देखिएका समस्या र चुनौती नीतिगत तहमा उठाउने आश्वासन दिए ।


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?