Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँछौँ :  कांग्रेस


काठमाडौं। कांग्रेसको महासमिति बैठकमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धतासहितको दस्ताबेज पेस भएको छ । उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको दस्ताबेजमा हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट रहेको छ ।

वर्तमान सरकारले सुशासनका सम्बन्धमा केही सकारात्मक कदम चालेको खड्काले दाबी गरेका छन् । ‘यो हाम्रा लागि सुखद र आशा लाग्दो संकेत हो, तर यति हुँदाहुँदै पनि सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कठोर भएर थप काम गर्नुपर्ने आवश्यकता छ । यसकाप्रति नेपाली काँग्रेस आफ्नो प्रतिबद्धता दोहोर्‍याउँछु,’ खड्काले पेश गरेको दस्तावजेमा छ । त्यस्तै, नीतिको कार्यान्वयन र अनुगमन प्रक्रिया पारदर्शी हुनुपर्ने र देशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासनको स्थापना गर्नु नेपाली कांग्रेसको प्रमुख नीति हुने उल्लेख रहेको छ ।

त्यसैगरी, सुशासन र भ्रष्टाचार नियन्त्रण आम नागरिकको चासो र सरोकारको विषय हो । नेपाली समाजमा असमानता बढाउने प्रमुख कारक भनेको कुशासन र भ्रष्टाचार हो । समुन्नति, सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण एक अर्काका पूरक हुन् । यो नै लोकतन्त्र र समृद्धिको आधार पनि हो । लोकतन्त्र आत्म अनुशासनसँग जोडिन्छ र आत्म अनुशासन निष्ठा, नैतिकता र आत्मबोधसँग जोडिन्छ । यी आदर्श राज्य संयन्त्रसँग जोडिनका लागि कठोर नीति र असल नियत आवश्यक हुन्छ । नेपाली कांग्रेस भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट गर्दछु कांग्रेसको दस्ताबेजमा छ ।

कुनै पनि व्यवस्था स्थापनासँगै स्वचालित तवरले विकास, उन्नति र रूपान्तरण भई हाल्छ भन्ने भ्रमबाट नेपाली कांग्रेस मुक्त रहेको उल्लेख छ । ‘सामूहिकता, सुकर्म र आत्म अनुशासनलाई सुशासनको आधार मान्दै यसको जगमा उभिएर भ्रष्टाचार नियन्त्रण गर्ने नीति तथा कार्यक्रम तय गर्ने अभिभारा नेपाली कांग्रेसले पूरा गर्नेछ,’ दस्ताबेजमा छ ।


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?