Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

समाचार


सिधै २० करोड खर्च गर्न दिने सम्झौता राष्ट्रघात होः सचेतक बर्तौला

काठमाडौं। नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले भारतीय दूतावासले नेपालमा सिधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सरकारले गरेको सम्झौता राष्ट्रघात भएको आरोप लगाएका छन् । बुधवार सिंहदरबारमा बसेको कानुन,न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् भने उनले सरकारले गरेको सम्झौता संविधानको धारा ५ बमोजिम नरहेको बताए

चोरी पैठारी गरेको आठ लाखको धान बरामद

जलेश्वर,महोत्तरी। महोत्तरीको पिपरा गाउँपालिका–५ स्थित चाँदनी चोकबाट सशस्त्र प्रहरीले गएराति करिब रु आठ लाख मूल्य बराबरको धान बरामद गरेको छ । भारतका विभिन्न स्थानबाट चोरी पैठारी गरी ल्याएर नेपालमा फर्जी बिल बनाएर बेच्न लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल भिट्ठामोडबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले ६४ बोरा धान नियन्त्रणमा लिएको

चार महिने अभियानको समीक्षा गर्न माओवादीद्वारा स्थायी कमिटी बैठक आह्वान

काठमाडौं। नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । चार महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा गर्नको लागि बैठक बोलाएको हो। अभियानको समीक्षा भइरहेका भन्दै शनिबार बस्नेगरी बैठक थप छलफल हुने सचिव राम कार्कीले बताएका छन्। उनका अनुसार बैठक बस्ने स्थान र समय भने अहिलेसम्म तोकिएको छैन ।

उद्योगहरूको काटिएको बिजुली जोड्न कुलमान घिसिङको निर्देशन

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूको काटिएको बिजुली जोड्न गृहकार्य थालेको छ । प्राधिकरणलाई अहिलेसम्म लाइन जोड्ने विषयमा पत्र नआए पनि कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन जोड्न निर्देशन दिइसकेका छन् । डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता छानबिनका लागि मन्त्रिपरिषद्को बैठकले मंगलबार समिति बनाएको थियो भने उद्योगहरूको काटिएको विद्युत् हाललाई जोड्न निर्देशन

भारतसँग भएका सम्झौताबारे धेरै तनाव नलिनुहोस्: प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग भएको सम्झौताको बारे धेरै तनाव लिन आवश्यक नभएको बताएका छन् । बुधवार सिंहदरवारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले ५ करोड लिदा राष्ट्र हित विपरीत नहुने, २० करोडसम्म लिँदा हुने भन्ने सिद्धान्त हुन नसक्ने भन्दै भारतीय दूतावासले सिधै २० करोड रुपैयाँ

विश्वको औसतभन्दा नेपाली अर्थतन्त्रको विस्तार राम्रो रहेको विश्व बैंकको प्रक्षेपण

काठमाडौं। विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व अर्थतन्त्रबारे सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस्तो देखाएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ अनुसार सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर २.४ प्रतिशत रहने

नारायणगढ-मुग्लिन सडक तीन साता बन्द हुँदै

चितवन। नारायणगढ-मुग्लिन सडक खण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो । यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम

काठमाडौंबाट धनगढी उडेको श्री र बुद्ध एयरको विमान सुर्खेतमा अवतरण

काठमाडौं। प्रतिकुल मौसमका कारण धनगढी विमानस्थलको हवाइ सेवा प्रभावित भएको छ । बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि बुधबार बिहान काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज अवतरण गर्न नसकेपछि डाइभर्ट भएको धनगढी विमानस्थल स्रोतले जनाएको छ । दुवै विमान सुर्खेत विमानस्थलमा अवतरण गरेका छन् । श्री एयरलाइन्स धनगढीका

सञ्चयकर्ताका दम्पतीले सामाजिक सुरक्षा सुविधा पाउने

काठमाडौं। कर्मचारी सञ्चय कोषले आगामी फागुन १ गतेदेखि सञ्चकर्ता दम्पतीलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने भएको छ । उक्त कोषले आज सूचना जारी गर्दै साविकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराइँदै आएको सो सुविधा सञ्चयकर्ता दम्पतीले समेत प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । कोषले २०७६ सालदेखि सञ्चयकर्ताले अस्पतालमा भर्ना भई उपचार

राष्ट्रव्यापी भारोत्तोलन प्रतियोगितामा देशभरका २०१ खेलाडी प्रतिस्पर्धामा

भक्तपुर। मध्यपुरथिमिमा सुरु भएको २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा देशभरका दुई सय एक खेलाडी प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाल भारोत्तोलन सङ्घले यही पुस २६ गते सम्पन्न गर्नेगरी सुरु गरेको प्रतियोगितामा २१ जिल्लामा खेलाडीले प्रतिस्पर्धा गरेको सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिएका छन् । त्यस्तै, पुरुष र महिलातर्फ

सम्वन्धित समाचारहरु