Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

सिधै २० करोड खर्च गर्न दिने सम्झौता राष्ट्रघात होः सचेतक बर्तौला


काठमाडौं। नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले भारतीय दूतावासले नेपालमा सिधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सरकारले गरेको सम्झौता राष्ट्रघात भएको आरोप लगाएका छन् ।

बुधवार सिंहदरबारमा बसेको कानुन,न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् भने उनले सरकारले गरेको सम्झौता संविधानको धारा ५ बमोजिम नरहेको बताए ।

‘भारतसँग ५ करोडको जे कार्यान्वयनको प्रक्रिया थियो, त्यो प्रक्रियाका सम्बन्धमा नेपालमा अरु पार्टीका पनि सरकार थिए भन्ने संकेत गरेका छन् । कतिपय कमजोरी बिचमा भएका भएपनि अहिलेको सरकारले सच्याएर नयाँ ढंगबाट जाने हो ।’ बर्तौलाले भने, ‘कमजोरीलाई सिरानी हालेर अर्को कमजोरी गर्न मिल्छ ? नेपालको संविधानको धारा ५ बमोजिमको अहिलेको सम्झौता हो ? नेपालको स्वाधिनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानलाई जोगाउने गरी यो सम्झौता भएको छ? यो कुरा ठोकुवाका साथ भन्न सक्नुहुन्छ? सम्झौतप्रति तपाई गर्व गर्दै हुनुहुन्छ तर यो सम्झौताले देशको राष्ट्रघात भएको छ । स्वाभिमानको जरा काट्ने काम भएको छ ।’

उनले यो सम्झौताले नेपालको स्वाधिनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानप्रति बेइमानी गरेको बताए । उनले सम्झौताले स्वाभिमानको जरा काट्ने काम भएको बताउदै भारत सरकारसँग भएको सम्झौताको प्रतिलिपी सांसदहरुले पाउनुपर्ने बताएका छन् ।

‘प्रधानमन्त्रीज्युले केही कुरा त बताए, तर भएको सम्झौता के हो ? सम्झौताको प्रति संसदले संसद नचलेको बेलामा यो विषयगत समिति र यो समिति अन्तर्राष्ट्रिय सन्धि र सम्झौतासँग हाम्रो क्षेत्राधिकारको विषय पनि हो ।

त्यो हामीले जानकारी पाउनुपर्छ । मान्य सभापतिज्युमार्फत म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने, ‘त्यो भएको सम्झौताहरु जस्ताको त्यस्तै त्यसको प्रति सदनलाई जानकारी गराइयोस्, सदन नभएको कारणले यो विषयगत समितिमा उपलब्ध गराइयोस् ।’

सचेतक बर्तौलाले भारतसँग भएको सम्झौताको दोष अरु सरकारलाई देखाएर पन्छिन नमिल्ने समेत बताएका छन् ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?