Trending
>>   अब काँग्रेस नियमित महाधिवेशनमा जुट्छ, सरकारलाई राम्रो काममा सघाउँछौँः विश्वप्रकाश शर्मा >>   रास्वपाको उदय हाम्रै कमजोरीको परिणामः विश्वप्रकाश शर्मा >>   बालेनलाई ओलीको बधाई सन्देश :पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् >>   बालेन्द्र शाहको धमाकेदार विजय: केपी ओली झापा–५ मा पराजित >>   रास्वपाले विजय र्‍याली नगर्ने, जितको उन्मादमा विपक्षीलाई गालीगलौज नगर्न कार्यकर्तालाई लामिछानेको निर्देशन >>   रास्वपाले जनताको युगौं युगदेखिको समस्या समाधान हुनेगरी काम गर्छः सोविता गौतम >>   हाम्रो कुटनीति ‘विकास कुटनीति’ हुनेछ, लगानीकर्ताले नेताको आश्रय लिनुपर्दैनः रवि लामिछाने >>   मदिरा बिक्री र रात्रीकालीन व्यवसायमाथि लगाइएको प्रतिबन्ध हटाइयो >>   हामी काम गर्छौं भनेर आएका छौँ, काम नै हाम्रो आवाज होः विना गुरुङ >>   जेन–जी आन्दोलनको मर्म अनुसार काम गर्नेछुः उत्तमप्रसाद पौडेल
Logo
२४ फाल्गुन २०८२, आईतवार
२४ फाल्गुन २०८२, आईतवार

चोरी पैठारी गरेको आठ लाखको धान बरामद


जलेश्वर,महोत्तरी। महोत्तरीको पिपरा गाउँपालिका–५ स्थित चाँदनी चोकबाट सशस्त्र प्रहरीले गएराति करिब रु आठ लाख मूल्य बराबरको धान बरामद गरेको छ ।
भारतका विभिन्न स्थानबाट चोरी पैठारी गरी ल्याएर नेपालमा फर्जी बिल बनाएर बेच्न लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल भिट्ठामोडबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले ६४ बोरा धान नियन्त्रणमा लिएको जनाइएको छ ।
त्यस्तै, मटिहानी नाकाबाट भित्र्याइएको धान प्रदेश २–०२–००१ त ०३३ नंको ट्र्याक्टरमा राखेर जनकपुर लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले रु सात लाख ६४ हजार मूल्य बराबरको धान र ट्र्याक्टर नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको धान र ट्र्याक्टर आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वर (मलिबारा) मा बुझाएको छ ।

प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?