Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

भारतसँग भएका सम्झौताबारे धेरै तनाव नलिनुहोस्: प्रधानमन्त्री


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग भएको सम्झौताको बारे धेरै तनाव लिन आवश्यक नभएको बताएका छन् ।

बुधवार सिंहदरवारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले ५ करोड लिदा राष्ट्र हित विपरीत नहुने, २० करोडसम्म लिँदा हुने भन्ने सिद्धान्त हुन नसक्ने भन्दै भारतीय दूतावासले सिधै २० करोड रुपैयाँ नेपालमा खर्च गर्न पाउने विषयमा सरकारले ठूलो परिवर्तन नगरेको बताएका हुन् ।

उनले भने, ‘अहिले हामीले यो विषयलाई कडाइ गरेका छौँ । पाँच करोड लिँदा राष्ट्र हित विपरीत नहुने, २० करोडसम्म लिँदा हुने भन्ने कुरा कुनै सिद्धान्तसँग मेल खाँदैन । यो ठूलो विषय होइन । पाँच करोड पहिलेदेखि लिँदै आएको हो । यो सदनबाट अनुमोदिन विषय हो । सैद्धान्तिक रूपले नयाँ कुरा वर्तमान सरकारले केही गरेको छैन । अंकका हिसाबले पहिले तीन करोड रुपैयाँ । पछि पाँच करोड र अहिले २० करोड भयो भन्ने कुराले सद्धान्तिक रूपले केही फरक गर्ने कुरा होइन ।’

भारतीय विदेशमन्त्री नेपाल आएपछि केही नयाँ सम्झौता नभएको भन्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद्ले पहिल्यै निर्णय गरिसकेको जानकारी गराए । उनले भने, ‘हाल सार्वजनिक भएका सम्झौताहरु भारतीय विदेशमन्त्री आउँदा औपचारिकता पाएका हुन् । यस विषयमा १५ दिनअघि नै मन्त्रिपरिषद्ले निर्णय गरिसकेको हो ।’

उक्त सम्झौता र सहमतिका विषयमा समितिमा गम्भीर प्रश्न उठेकाले जानकारी दिन उपस्थित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले कागजातहरू लिपिबद्ध रूपले उपलब्ध गराउने विषयमा सरकारलाई कुनै आपत्ति नभएको बताएका छन् ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?