Trending
>>   महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्र अब राजर्षि जनक विश्वविद्यालयको मातहतमा >>   विश्व मधुमेह दिवसमा निःशुल्क स्वास्थ्य शिविर >>   छठका लागि स्वदेशी केराको भर, मूल्यमा भने उपभोक्ताको गुनासो >>   ह्वाइट हाउसनजिक गोली चल्दा एक जनाको मृत्यु, चार घाइते >>   रुस–युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको तयारी >>   कोप–३१ मा नेपाल र कोरियाबीच कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी सम्झौता >>   बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन >>   जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो >>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग
Logo
२८ कार्तिक २०८३, शनिबार
२८ कार्तिक २०८३, शनिबार

समाचार


सोह्रौं आवधिक योजनाको अवधारणापत्र स्वीकृत

१७ श्रावण, काठमाडाैँ । सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/०८२–२०८५/०८६)को अवधारणापत्र स्वीकृत भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १६औँ योजनाको अवधारणापत्र स्वीकृत गरेको आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिए। राष्ट्रिय योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेशको व्यवस्थाअनुसार आयोगको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ। आयोगले

सिंहदरबारभित्र तीन वर्ष बढी बसेका कर्मचारीको सरुवा

१७ श्रावण, काठमाडाैँ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरबार वरिपरिका कार्यालयमा तीन वर्ष बढी बसेका कर्मचारीको सरुवा गर्न सुरु गरेको छ । मन्त्रालयले पहिलो चरणमा मङ्गलबार मात्रै १४ उपसचिव र आठजना शाखा अधिकृतको सरुवा गरेको प्रवक्ता तथा सहसचिव कमलप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार मन्त्रालयले श्रम, रोजगार तथा

पाँच छिमेकीसँगको सिमाना खोलेको नाइजरको घोषणा

१७ श्रावण, एजेन्सी । सैनिक विद्रोहको करिब एक सातापछि पश्चिम अफ्रिकी मुलुक नाइजरले पाँच छिमेकी देशसँगको सिमाना खोलेको छ । नाइजरले स्थल सिमानाका साथै हवाई सीमा पुनः खोलिएको सैन्य विद्रोहमा संलग्न एक जना जनलरलले राष्ट्रिय टेलिभिजनबाट घोषणा गरेका छन् । अल्जेरिया, बुर्किना फासो, लिबिया, माली र चाडसँगको भूमि र हवाई सिमाना

विर्तामोडमा विषादी जाँच्ने प्रयोगशाला बन्द

१७ श्रावण, झापा । झापाको विर्तामोडमा रहेको विषादी जाँच्ने सरकारी प्रयोगशाला बन्द भएको छ । उक्त प्रयोगशाला यही साउन १२ गतेदेखि बन्द भएको हो । झापाको सबैभन्दा ठूलो कृषि बजारका रुपमा स्थापित विर्तामोड कृषि थोक बजार परिसरमा रहेको सो प्रयोगशालामा भारतबाट आयातित तथा स्थानीय किसानले उत्पादन गर्दै आएको तरकारी तथा फलफूलको

माओवादीले केन्द्रीय समितिको आकार बढाउने, प्रत्यक्ष प्रसारण नगर्ने

१७ श्रावण, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको आकार बढाउने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले मौजुदा केन्द्रीय समितिलाई समावेशी बनाउने गरी केन्द्रीय समितिको आकार बढाउने निर्णय गरेको हो । यसका लागि माओवादीले आजै विधान संशोधन गर्नेछ । विधान संशोधनपछि मात्रै केन्द्रीय समितिमा नयाँ सदस्यले

साथीको हत्या गरेर बालुवामा पुर्ने पाँच जना कारागार चलान

१७ श्रावण, भोजपुर । भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत भोजपुरले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो । उमेर नपुगेका एक जनालाई बाल सुधारगृह विराटनगर पठाइएको छ । भोजपुर नगरपालिका–११ का २२ वर्षीय सुमन श्रेष्ठ,

३२ ठाउँमा घरजग्गा भएका उपसचिवले पाए भ्रष्टाचार मुद्दामा सफाइ

१७ श्रावण, काठमाडाैँ । गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा उपसचिव हेमराज विष्टले विशेष अदालतबाट सफाइ पाएका छन् । विशेष अदालतले मंगलबार उपसचिव स्तरका विष्टलाई सो मुद्दामा दोषी नहुने फैसला गरेको हो । विष्टसँगै नकी श्रीमती रुबी जिसीले पनि सफाइ पाएकी छन्। अनुसन्धानका क्रममा ३२ ठाउँमा घरजग्गा र करीब आधा अर्ब सम्पत्ति भएको

इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत गार्ड मृत फेला

१७ श्रावण, मोरङ । इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत गार्ड मृत फेला फरेका छन् । मोरङको नेता चोकस्थित इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत गार्ड बुधबार बिहान मृत फेला फरेका हुन् । मृत अवस्थामा फेला परेका गार्ड वडा नम्बर ५ का ४२ वर्षीय पदुम कुमार माझी रहेको प्रहरीले जानकारी दिएको छ । बैंकको

बैतडीमा ‘लार्भा खोज र नष्ट गर’ अभियान

१७ श्रावण, बैतडी । बैतडीमा एक महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।  सिगास गाउँपालिका–६ थालाकाँडीका ३४ वर्षीया महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ मा डेङ्गु सङ्क्रमण देखिएको यो पहिलो घटना हो । ज्वरो आएपछि शिवलिङ्ग स्वास्थ्यचौकीमा उपचारका लागि

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज शपथ लिँदै, मन्त्रीमण्डल बिस्तार पनि हुने

१७ श्रावण, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज शपथ लिने भएका छन् । मुख्यमन्त्री थापाले पहिलो चरणमा केही मन्त्री नियुक्त गर्ने तयारी पनि गरेका छन् । नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिने बताइएको छ । प्रदेश प्रमुखको कार्यालयले शपथका लागि ११ बजेको समय निर्धारण गरेर तयारी गरिरहेको

सम्वन्धित समाचारहरु