Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

३२ ठाउँमा घरजग्गा भएका उपसचिवले पाए भ्रष्टाचार मुद्दामा सफाइ


१७ श्रावण, काठमाडाैँ । गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा उपसचिव हेमराज विष्टले विशेष अदालतबाट सफाइ पाएका छन् । विशेष अदालतले मंगलबार उपसचिव स्तरका विष्टलाई सो मुद्दामा दोषी नहुने फैसला गरेको हो ।

विष्टसँगै नकी श्रीमती रुबी जिसीले पनि सफाइ पाएकी छन्।

अनुसन्धानका क्रममा ३२ ठाउँमा घरजग्गा र करीब आधा अर्ब सम्पत्ति भएको पाइएका विष्टलाई विशेष अदालतकाका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य बलभद्र बास्तोलाको इजलासबाट सफाइको फैसला भएको हो ।

विष्टले अवैध रूपमा आर्जन गर्दै श्रीमतीको नाममा राखेको भन्दै मुद्दा दायर गरिएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकार, वन निर्देशनालयका निमित्त वन निर्देशक रहेका वेला उनीमाथि मुद्दा दायर गरिएको थियो । २०५५ साल वैशाखदेखि सरकारी सेवा रहेका उनको कात्तिक २०७७ मा सम्पत्ति विवरण छानबिन गर्दा उनले ६ करोड ८७ लाख ५७ हजारको स्रोत खुलाउन सकेका थिएनन् ।

उनिविरूद्ध मुद्दा दायर भएको डेढ वर्षमा विषेश अदालतले फैसला सुनाएको हो । विष्टकी श्रीमतीको नाममा दाङका विभिन्न ३२ स्थानमा घर–जग्गा खरिद गरेको देखिएको थियो ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?