Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

३२ ठाउँमा घरजग्गा भएका उपसचिवले पाए भ्रष्टाचार मुद्दामा सफाइ


१७ श्रावण, काठमाडाैँ । गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा उपसचिव हेमराज विष्टले विशेष अदालतबाट सफाइ पाएका छन् । विशेष अदालतले मंगलबार उपसचिव स्तरका विष्टलाई सो मुद्दामा दोषी नहुने फैसला गरेको हो ।

विष्टसँगै नकी श्रीमती रुबी जिसीले पनि सफाइ पाएकी छन्।

अनुसन्धानका क्रममा ३२ ठाउँमा घरजग्गा र करीब आधा अर्ब सम्पत्ति भएको पाइएका विष्टलाई विशेष अदालतकाका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य बलभद्र बास्तोलाको इजलासबाट सफाइको फैसला भएको हो ।

विष्टले अवैध रूपमा आर्जन गर्दै श्रीमतीको नाममा राखेको भन्दै मुद्दा दायर गरिएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकार, वन निर्देशनालयका निमित्त वन निर्देशक रहेका वेला उनीमाथि मुद्दा दायर गरिएको थियो । २०५५ साल वैशाखदेखि सरकारी सेवा रहेका उनको कात्तिक २०७७ मा सम्पत्ति विवरण छानबिन गर्दा उनले ६ करोड ८७ लाख ५७ हजारको स्रोत खुलाउन सकेका थिएनन् ।

उनिविरूद्ध मुद्दा दायर भएको डेढ वर्षमा विषेश अदालतले फैसला सुनाएको हो । विष्टकी श्रीमतीको नाममा दाङका विभिन्न ३२ स्थानमा घर–जग्गा खरिद गरेको देखिएको थियो ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?