१९ जेठ, एजेन्सी । क्यानडाको मध्य क्षेत्रमा रहेको अग्लो पदमार्गबाट खसेर बुधबार १७ जना बालबालिकासहित १८ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विन्निपेगको सेन्ट बोनिफेस क्षेत्रको फोर्ट जिब्राल्टरमा स्थानीय समयअनुसार बिहान १० बजेभन्दा केही समयअघि सेन्ट जोन्स–रेभेन्सकोर्ट विद्यालयका १० देखि ११ वर्ष उमेर समूहका बालबालिका ‘फिल्ड ट्रिप’मा गएका बेला
१९ जेठ, एजेन्सी । सन् २०२२ मा स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक सङ्कटमा फसेको श्रीलङ्काले बिहीबार तीन बर्षपछि पहिलो पटक ब्याजदरमा भारी कटौती गरेको छ । श्रीलङ्काको केन्द्रीय बैंकले निर्णायक ब्याज दरलाई २.५ प्रतिशत बिन्दुले घटाएर १४ प्रतिशतमा झारेको आधिकारिक तथ्याङ्कले देखाएको छ । गत महिना मुद्रास्फीति घटेर २५.२ प्रतिशतमा झरेको तथ्याङ्कले
१९ जेठ, काठमाडाैँ । खाद्य तथा गुण नियन्त्रण विभागले 'खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधार स्तम्भ’ भन्ने नाराका साथ यस वर्षको खाद्य स्वच्छता दिवस बिहीबारदेखि सुरु भएको छ । सप्ताहव्यापी रूपमा सञ्चालन हुने यो कार्यक्रम जेठ २४ गतेसम्म खाद्य स्वच्छतासम्बन्धी कार्यक्रम गरी मनाउने योजना छ । खाद्य, प्रविधि तथा गुण
१९ जेठ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी काठमाडौँबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको हो । जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर
१९ जेठ, रसुवा । निर्माणाधीन आन्तरिक राजस्व कार्यालय दमौलीको कार्यालय भवन अधुरै रहेको छ । निर्माण सम्पन्न हुनुपर्ने समयमा कार्यालय भवन आधा निर्माण गरी ठेकेदार सम्पर्कविहीन भएका छन् । सङ्घीय सरकारको रु पाँच करोड २१ लाखमा उत्तम भट्टराई सञ्चालक रहेको ओम इन्फ्राटेक÷भीम ज्योति जेभीसित भवन निर्माणको सम्झौता भएको थियो । १८
१९ जेठ, एजेन्सी । स्वीडेनको एस्किलस्टुना सहरमा बिहीबार खेलकुद दिवसको समयमा भएको चक्कु आक्रमणमा चार बालबालिका घाइते भएका छन् । खाजाको समयमा झगडाको खबर आएपछि खेलकुद परिसरमा प्रहरी टोलीहरू पठाइएको थियो । एक प्रत्यक्षदर्शीले बताएअनुसार घटनामा लगभग २० व्यक्तिको दुई समूह रहेको र ती समूहका कम्तीमा दुई युवाहरूलाई चक्कुले चोट लागेको
१९ जेठ, एजेन्सी । इरानले यस वर्ष ३०० भन्दाबढी व्यक्तिलाई मृत्युदण्ड दिएको छ। मे महिनामा यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि यो बर्ष मृत्युदण्डको सजायँ पाउनेको सङ्ख्या सन् २०१५ यताकै सबैभन्दा उच्च एक अधिकारवादी समूहले बिहीबार जनाएको छ। नर्वेस्थित इरान मानवअधिकार (आईएचआर) का अनुसार सन् २०२३ मा कम्तीमा ३०७ जनालाई मृत्युदण्ड दिइएको
१९ जेठ, एजेन्सी। टर्कीको सर्वोच्च निर्वाचन परिषद्ले बिहीबार आधिकारिक रूपमा रिसेप तैयप एर्दोगानलाई ५२.१८ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिको निर्वाचनको दोस्रो चरणबाट विजेता घोषित गरेको छ । मे २८ मा भएको राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा टर्किएमा कूल ५२,०९३,३७५ मतदाताले मतदान गरेका थिए । मतदानको दर ८५.७२ प्रतिशत रहेको निर्वाचन निकायका अध्यक्ष
१९ जेठ, वीरगञ्ज । वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्रमा पर्ने तीनैवटा स्थानीय तहले अगामी आर्थिक वर्ष २०८०÷८१ देखि करको दरमा एकरुपता ल्याउन गृहकार्य थालेका छन् । वीरगन्ज महानगरपालिकाको पहलमा औद्योगिक करिडोर क्षेत्रमा पर्ने वीरगन्ज महानगरपालिकासँगै पर्साको परवानीपुर गाउँपालिका र बाराको जितपुर सिमरा उपमहानगरपालिकाले अगामी आव २०८०÷८१ देखि करको दरमा एकरुपता ल्याउने सहमति
१९ जेठ, पाल्पा । डढेलोका कारण पाल्पाको निस्दी गाउँपालिका–४ द्वार्घामा खानेपानीको समस्या भएको छ । जङ्गलमा लागेको डढेलोले पाइप जलेपछि पिउने पानीको समस्या भएको हो । मोलोगैरा सामुदायिक वनमा लागेको आगोले खानेपानी ल्याइएको पाइपमा क्षति पुगेको छ । वन क्षेत्रभित्रको दुई सय ५० मिटर पाइप जलेपछि खानेपानीको समस्या निम्तिएको छ ।