Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

बङ्गलादेशमा डेङ्गुबाट जुनमा मात्र ३४ जनाको मृत्यु


१३ असार ,ढाका । बङ्गलादेशमा जुन महिनामा डेङ्गुका घटनामा उल्लेख्य वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार ७३२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ भने ३४ जनाको मृत्यु भएको छ ।

बङ्गलादेशमा यस वर्ष डेङ्गुका बिरामीको सङ्ख्या सात हजार ७५४ पुगेको छ । स्थानीय समयअनुसार मङ्गलबार बिहान ८ बजेसम्मको २४ घण्टामा ढाकामा १०४ सहित कूल १४५ जना डेङ्गुका नयाँ बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डेङ्गुका कारण मङ्गलबार दुई जनाको मृत्यु भएको छ भने जुन महिनाभरिमा ३४, मेमा दुई, अप्रिलमा दुई, फेब्रुअरीमा दुई र जनवरीमा छ जनाको मृत्यु भएको महानिर्देशनालयले जनाएको छ ।

बङ्गलादेशमा गत (मे) महिनामा एक हजार ३६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो तर जुनमा यो सङ्ख्यामा उल्लेख्य वृद्धिपछि थप पाँच हजार ७३२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।

सन् २०२३ को पुस २७ देखि जेठ २७ गतेसम्म देशभरका विभिन्न अस्पतालबाट छ हजार २९७ जना डेङ्गुका बिरामी उपचार पछि घर फर्केका छन् । बङ्गलादेशको राजधानी ढाकामा लामखुट्टेको टोकाइबाट सर्ने यो रोग तीव्र गतिमा बढिरहेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बङ्गलादेशमा जुन–सेप्टेम्बर को मनसुन अवधि डेङ्गु ज्वरोको मौसम हो । बङ्गलादेश सरकारले एडिस जातका लामखुट्टेबाट सर्ने यो रोगको प्रकोप नियन्त्रणका लागि थप समन्वयात्मक प्रयासका लागि राज्यका निकायहरूलाई आग्रह गरिसकेको छ ।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?