Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

बङ्गलादेशमा डेङ्गुबाट जुनमा मात्र ३४ जनाको मृत्यु


१३ असार ,ढाका । बङ्गलादेशमा जुन महिनामा डेङ्गुका घटनामा उल्लेख्य वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार ७३२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ भने ३४ जनाको मृत्यु भएको छ ।

बङ्गलादेशमा यस वर्ष डेङ्गुका बिरामीको सङ्ख्या सात हजार ७५४ पुगेको छ । स्थानीय समयअनुसार मङ्गलबार बिहान ८ बजेसम्मको २४ घण्टामा ढाकामा १०४ सहित कूल १४५ जना डेङ्गुका नयाँ बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डेङ्गुका कारण मङ्गलबार दुई जनाको मृत्यु भएको छ भने जुन महिनाभरिमा ३४, मेमा दुई, अप्रिलमा दुई, फेब्रुअरीमा दुई र जनवरीमा छ जनाको मृत्यु भएको महानिर्देशनालयले जनाएको छ ।

बङ्गलादेशमा गत (मे) महिनामा एक हजार ३६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो तर जुनमा यो सङ्ख्यामा उल्लेख्य वृद्धिपछि थप पाँच हजार ७३२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।

सन् २०२३ को पुस २७ देखि जेठ २७ गतेसम्म देशभरका विभिन्न अस्पतालबाट छ हजार २९७ जना डेङ्गुका बिरामी उपचार पछि घर फर्केका छन् । बङ्गलादेशको राजधानी ढाकामा लामखुट्टेको टोकाइबाट सर्ने यो रोग तीव्र गतिमा बढिरहेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बङ्गलादेशमा जुन–सेप्टेम्बर को मनसुन अवधि डेङ्गु ज्वरोको मौसम हो । बङ्गलादेश सरकारले एडिस जातका लामखुट्टेबाट सर्ने यो रोगको प्रकोप नियन्त्रणका लागि थप समन्वयात्मक प्रयासका लागि राज्यका निकायहरूलाई आग्रह गरिसकेको छ ।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?