Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता


काठमाडौँ। महान्यायाधिवक्ताको कार्यालयले सरकारवादी मुद्दामा ६८ प्रतिशत सफलता प्राप्त गरेको जनाएको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दैै महान्यायाधिवक्ता रमेश बडालले २०८१ सालमा सरकारवादी मुद्दामा ६८ प्रतिशत सफलता प्राप्त भएको जानकारी दिएका हुन् । उनका अनुसार हालसम्म ३ हजार ३ सय ७० वटा मुद्दा फाइलको अध्ययनपछि २ हजार ७ सय ९० वटामा मुद्दामा कार्यालयले पुनरावेदन नगर्ने निर्णय गरेको छ । उनले प्राप्त मुद्दाहरुमध्ये ४८६ वटा सर्वोच्च अदालतमा र ९५ वटा मुद्दा उच्च अदालतमा पुनरावेदन गर्ने गर्ने निर्णय गरेको बताए । मुद्दा चलाउने वा नचलाउनेबारे गरिएको प्रारम्भिक निर्णयमा ३६८ मुद्दामध्ये ३४० वटामा मुद्दा नचलाउने निर्णय गरिएको बताए । उनले अघिल्लो कार्यकालको तुलनामा पुनरावेदनसम्बन्धी फाइल संख्या घटेको बताए । उनले नायब र सह–न्यायाधिवक्तालाई निर्णयको अधिकार प्रत्यायोजन गरिएकाले फाइलको संख्या स्वाभाविक रूपमा कम भएको बताए ।

उनले भने, ‘३ हजार ३ सय ७० वटा फाइलमा पुनरावेदन गर्ने वा नगर्ने भन्ने विषयमा मैले हस्ताक्षर गरेको छु । त्यसमध्ये २ हजार ७ सय ९० वटामा पुनरावेदन नगर्ने भनी निर्णय भएको छ । ४८६ वटा सर्वोच्च अदालतमा र ९५ वटा उच्च अदालतमा पुनरावेदन गर्नेगरी फर्काइएको रहेछ । मुद्दा चलाउने कि नचलाउने भनेर हेर्ने हो भने ३६८ वटा मुद्दामध्ये ३४० वटा मुद्दा नचल्ने निर्णय भएको छ । किनभने मुद्दा चल्ने हो भने त तलबाटै चलिसकेको हुन्छ । त्यसमध्ये १० वटा मुद्दा चलाउने भनेर हामीले तल फर्कायौं । बाँकी मुद्दाहरुमा थप अनुसन्धान र आवश्यकताअनुसार फर्काएका छौं । यसअधिका महान्यायाधिवक्ताको कार्यकालमा यो संख्या यसभन्दा दोब्बर भएको हुनसक्छ भन्ने मेरो अनुमान छ । किनभने म आइसकेपछि कतिपय अधिकारहरु तल नायब महान्यायाधिवक्तालाई प्रत्योजन गरिएको थियो । सह न्यायाधिवक्तालाई समेत अधिकार प्रत्योजन गरिएको कारणले गर्दा फाइल संख्या गत वर्षभन्दा घटेको छ भन्ने मेरो अनुमान हो । गत वर्ष हामीले अभियोजन गरेको सरकारवादी मुद्दामध्ये ६८ प्रतिशत सफलता हासिल गरेको देखिन्छ । त्यो सफलता भन्नुको मतलब के हो भने हामीले सवारी ज्यान मुद्दामा कुनैपनि सजाय भएमा हामीले त्यसलाई सफलता रुपमा लियौं । यो वर्ष यस्तो संख्या बढेको मेरो विश्वास छ ।’

फौजदारी न्याय प्रणालीलाई र सुधारका लागि आफू प्रतिवद्ध रहेको उनले बताए । शुक्रवार नै महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता टेकबहादुर घिमिरेको विदाई समेत गरिएको छ । घिमिरे अनिवार्य अवकाशमा जान लाग्नुभएको कारण बिदाई गरिएको हो ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?