Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता


काठमाडौँ। महान्यायाधिवक्ताको कार्यालयले सरकारवादी मुद्दामा ६८ प्रतिशत सफलता प्राप्त गरेको जनाएको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दैै महान्यायाधिवक्ता रमेश बडालले २०८१ सालमा सरकारवादी मुद्दामा ६८ प्रतिशत सफलता प्राप्त भएको जानकारी दिएका हुन् । उनका अनुसार हालसम्म ३ हजार ३ सय ७० वटा मुद्दा फाइलको अध्ययनपछि २ हजार ७ सय ९० वटामा मुद्दामा कार्यालयले पुनरावेदन नगर्ने निर्णय गरेको छ । उनले प्राप्त मुद्दाहरुमध्ये ४८६ वटा सर्वोच्च अदालतमा र ९५ वटा मुद्दा उच्च अदालतमा पुनरावेदन गर्ने गर्ने निर्णय गरेको बताए । मुद्दा चलाउने वा नचलाउनेबारे गरिएको प्रारम्भिक निर्णयमा ३६८ मुद्दामध्ये ३४० वटामा मुद्दा नचलाउने निर्णय गरिएको बताए । उनले अघिल्लो कार्यकालको तुलनामा पुनरावेदनसम्बन्धी फाइल संख्या घटेको बताए । उनले नायब र सह–न्यायाधिवक्तालाई निर्णयको अधिकार प्रत्यायोजन गरिएकाले फाइलको संख्या स्वाभाविक रूपमा कम भएको बताए ।

उनले भने, ‘३ हजार ३ सय ७० वटा फाइलमा पुनरावेदन गर्ने वा नगर्ने भन्ने विषयमा मैले हस्ताक्षर गरेको छु । त्यसमध्ये २ हजार ७ सय ९० वटामा पुनरावेदन नगर्ने भनी निर्णय भएको छ । ४८६ वटा सर्वोच्च अदालतमा र ९५ वटा उच्च अदालतमा पुनरावेदन गर्नेगरी फर्काइएको रहेछ । मुद्दा चलाउने कि नचलाउने भनेर हेर्ने हो भने ३६८ वटा मुद्दामध्ये ३४० वटा मुद्दा नचल्ने निर्णय भएको छ । किनभने मुद्दा चल्ने हो भने त तलबाटै चलिसकेको हुन्छ । त्यसमध्ये १० वटा मुद्दा चलाउने भनेर हामीले तल फर्कायौं । बाँकी मुद्दाहरुमा थप अनुसन्धान र आवश्यकताअनुसार फर्काएका छौं । यसअधिका महान्यायाधिवक्ताको कार्यकालमा यो संख्या यसभन्दा दोब्बर भएको हुनसक्छ भन्ने मेरो अनुमान छ । किनभने म आइसकेपछि कतिपय अधिकारहरु तल नायब महान्यायाधिवक्तालाई प्रत्योजन गरिएको थियो । सह न्यायाधिवक्तालाई समेत अधिकार प्रत्योजन गरिएको कारणले गर्दा फाइल संख्या गत वर्षभन्दा घटेको छ भन्ने मेरो अनुमान हो । गत वर्ष हामीले अभियोजन गरेको सरकारवादी मुद्दामध्ये ६८ प्रतिशत सफलता हासिल गरेको देखिन्छ । त्यो सफलता भन्नुको मतलब के हो भने हामीले सवारी ज्यान मुद्दामा कुनैपनि सजाय भएमा हामीले त्यसलाई सफलता रुपमा लियौं । यो वर्ष यस्तो संख्या बढेको मेरो विश्वास छ ।’

फौजदारी न्याय प्रणालीलाई र सुधारका लागि आफू प्रतिवद्ध रहेको उनले बताए । शुक्रवार नै महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता टेकबहादुर घिमिरेको विदाई समेत गरिएको छ । घिमिरे अनिवार्य अवकाशमा जान लाग्नुभएको कारण बिदाई गरिएको हो ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?