Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

उपत्यका प्रहरीको नाम जोडेर आएको समाचार झुटो : प्रहरी


१३ असार ,काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय र कार्यालय प्रमुख श्यामलाल ज्ञवालीलाई जोडेर नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा प्रकाशित समाचार झुटो भएको जनाइएको छ ।

कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनालीद्वारा आज जारी सूचनामा अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको अनुसन्धानलाई जोडेर तथ्यहीन र भ्रमपूर्ण समाचार सार्वजनिक भएको भन्दै आपत्ति जनाइएको छ ।

कार्यालयले उक्त समाचारमा कुनै सत्यता नभएको समेत बताएको छ । यसले प्रहरीलाई अनावश्यक विवादमा ल्याउने काम भएको सूचनामा उल्लेख छ ।

“प्रहरी सङ्गठनको नेतृत्व र मातहतका निकायबीचको आदेश, कमान्डको शृङ्खला नै खल्बल्याउने, फाटो ल्याउने मनसायले लेखिएको यस्ता प्रकारका समाचार सामग्रीमा कुनै सत्यता नरहेको जानकारी गराउँदै जिम्मेवार सञ्चार संस्थाले तथ्यमा आधारित रहेरमात्र समाचार प्रकाशन, प्रसारण गर्नुको साटो भ्रमपूर्ण सामग्री प्रकाशित गर्दै प्रहरी सङ्गठनलाई विवादमा ल्याउन गरेको उक्त कार्य निन्दनीय छ”, जारी सूचनामा भनिएको छ ।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?