Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

उपत्यका प्रहरीको नाम जोडेर आएको समाचार झुटो : प्रहरी


१३ असार ,काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय र कार्यालय प्रमुख श्यामलाल ज्ञवालीलाई जोडेर नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा प्रकाशित समाचार झुटो भएको जनाइएको छ ।

कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनालीद्वारा आज जारी सूचनामा अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको अनुसन्धानलाई जोडेर तथ्यहीन र भ्रमपूर्ण समाचार सार्वजनिक भएको भन्दै आपत्ति जनाइएको छ ।

कार्यालयले उक्त समाचारमा कुनै सत्यता नभएको समेत बताएको छ । यसले प्रहरीलाई अनावश्यक विवादमा ल्याउने काम भएको सूचनामा उल्लेख छ ।

“प्रहरी सङ्गठनको नेतृत्व र मातहतका निकायबीचको आदेश, कमान्डको शृङ्खला नै खल्बल्याउने, फाटो ल्याउने मनसायले लेखिएको यस्ता प्रकारका समाचार सामग्रीमा कुनै सत्यता नरहेको जानकारी गराउँदै जिम्मेवार सञ्चार संस्थाले तथ्यमा आधारित रहेरमात्र समाचार प्रकाशन, प्रसारण गर्नुको साटो भ्रमपूर्ण सामग्री प्रकाशित गर्दै प्रहरी सङ्गठनलाई विवादमा ल्याउन गरेको उक्त कार्य निन्दनीय छ”, जारी सूचनामा भनिएको छ ।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?