Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

म्यान्मार हवाई हमलामा १० सर्वसाधारणको मृत्यु


१३ असार ,बैंकक । म्यानमारको एक गाउँमा सेनाले गरेको हवाई आक्रमणमा परी १० सर्वसाधारणको मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीय र सञ्चारमाध्यमले बुधबार बताएका छन् । म्यान्मारमा सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि युद्धले ठूलो क्षति पुर्याएको छ भने जुन्ताले जातीय विद्रोही र दर्जनौँ नयाँ ’पिपुल्स डिफेन्स फोर्सेज’सँग लडिरहेको छ ।

अधिकारवादी समूहहरूले सेनामाथि गैरन्यायिक हत्या गरेको, गाउँहरू ध्वस्त पारेको र हवाई आक्रमणलाई आफ्ना विरोधीहरूको सामूहिक सजायको रूपमा प्रयोग गरेको आरोप लगाएका छन् । उत्तरी सागाइङ क्षेत्रको न्याउङ कोने गाउँमा मङ्गलबार अपराह्न एक सैनिक विमानले तीनवटा बम खसालेको उक्त गाउँका विद्रोही लडाकू को जाउ तुनले जानकारी दिए ।

उनले सेनाको आक्रमणमा १० सर्वसाधारणको मृत्यु भएको र आठ जना घाइते भएको बताए । “त्यहाँ कुनै झगडा भएको थिएन, तर उनीहरू गाउँमा बम विस्फोट गर्न आएका थिए,” उनले एएफपीसँग भने । आक्रमणमा ११ घर ध्वस्त भएका स्थानीयले बताएका छन् । न्याउङ कोनका एक बासिन्दाले एएफपीलाई बताएअनुसार आक्रमणमा १० जनाको मृत्यु भएको छ ।

उनले र अन्य स्थानीयले सोही साँझ मृतकको अन्त्येष्टि गरिएको बताउँदै सेनाले प्रतिशोध लिने डरले समाचारमा आफ्नो नाम प्रयोग नगर्न आग्रह गरे । उनले भने,“सेनाको नयाँ अबको योजना के हो हामीलाई थाहा छैन । त्यसैले हामीले जतिसक्दो चाँडो उनीहरूको अन्त्येष्टि गर्यौं,” उनले भने ।

बिबिसी बर्मेली र अन्य स्थानीय सञ्चारमाध्यमले पनि हवाई आक्रमणभएको जानकारी दिएका छन् भने केही सञ्चारमाध्यमले नौ जनाको मृत्यु भएको बताएका छन् । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरमा मानिसहरूले भग्नावशेष र भग्नावशेषमा रहेको एउटा ठूलो भवनको आगो निभाउने काम गरिरहेको देखिएको छ ।

एएफपीका डिजिटल भेरिफिकेसन रिपोर्टरहरूले ती तस्बिरहरू मङ्गलबारसम्म अनलाइनमा नआएको पुष्टि गरेका छन् । ‘कू’ सुरु गरेको दुई वर्षभन्दा बढी भइसक्दा पनि सेनाले आफ्नो शासनको प्रतिरोधलाई दबाउने कठिन लडाइ गरिरहेको छ । विशेषज्ञहरू भन्छन्, “जमीनमा तीव्र विरोधको सामना भएपछि सेनाले गोलावारूद आक्रमण र हवाई शक्तिको सहारा लिइरहेको छ ।”

संयुक्त राष्ट्रसङ्घले गत वर्ष सेनाले ३०० भन्दा बढी हवाई आक्रमण गरेको बताएको थियो । सागाइङ जुन्टा विरोधी प्रतिरोधको हटस्पटको रूपमा देखा परेको छ । गत अप्रिलमा सेनाले सागाइङमा भएको एक भेलामा बम प्रहार गरेको थियो जसमा मिडिया र स्थानीयले करिब १७० जनाको ज्यान गएको बताएका थिए ।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?