Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

समाचार


बाँकेमा डुबेर दुईको मृत्यु

२९ जेष्ठ ,नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित मानखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले खजुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र उक्त गाउँपालिकाका सात वर्षीय किरण नेपालीको मृत्यु भएको जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन

२९ जेठ, एजेन्सी । इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको सपचारका क्रममा मिलानको सान राफेले अस्पतालमा निधन भएको हो । उनि रक्त क्यान्सरबाट ग्रसित थिए । स्वास्थ्य परीक्षणका लागि उहाँलाई शुक्रबार अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।

प्रतिनिधिसभामा प्रस्तुत भए दुई विधेयक

२९ जेठ, काठमाडाैँ । प्रतिनिधिसभामा ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रस्तुत भएका छन् । सभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त दुवै विधेयक प्रस्तुत गरेका हुन् । दुवै विधेयक प्रस्तुत गर्नुअघि सांसद प्रेम सुवालले राखेको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत

एमालेले गर्यो प्रदेश सभा बैठक बहिस्कार

२९ जेठ, सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक बहिस्कार गरेको छ । एमालेले गेटामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो धारणासहित मन्त्रीपरिषद् बैठकबाट निर्णय गर्नुपर्ने माग गर्दै बैठक बहिस्कार गरेको हो । साथै, एमालेले विश्वविद्यालय सञ्चालनको मागसहित

विश्वविद्यालय विधेयक प्रतिवेदन परिमार्जनसहित स्वीकृत

२९ जेठ, काठमाडाैँ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले नेपाल विश्वविद्यालय विधेयक, २०७९ सम्बन्धी प्रतिवेदनको मस्यौदालाई परिमार्जनसहित स्वीकृत गरेको छ । समिति सचिवालयले तयार गरेको प्रतिवेदनको मस्यौदालाई आजको बैठकले परिमार्जनसहित स्वीकृत गरेको हो । उच्च शिक्षामा देखिएको जेजस्ता चुनौती छन् त्यसलाई सम्बोधन गर्ने सिलसिलामा यो विश्वविद्यालयको अवधारणा अघि बढेको हो । मुलुकमा

स्यानिटरी प्याडको कच्चा पदार्थ र तयारी प्याडमा फरक कर

२९ जेठ, काठमाडाैँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगको संरक्षणका लागि कच्चा पदार्थ र तयारी प्याडको महसुलमा एक तहको फरक करको व्यवस्था गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको उत्तर दिँदै अर्थमन्त्री डा

यसरी भइरहेको छ तिनाउ नदीको दोहन

२९ जेठ, रुपन्देही। तिनाउ नदीमा दिनहुँ सयौँ टिपर र ट्र्याक्टर दौडिरहन्छन् । नदीमा एस्काभेटरले निकालेको ढुङ्गा गिटी र बालुवा बोक्न टिपरलाई भ्याइनभ्याइ छ । बिहान उज्यालो भएदेखि रातिसम्म टिपर र ट्र्याक्टरले नदीजन्य पदार्थ ओसारपसार गरिरहेका छन् । असार १ गतेदेखि तीन महिनाका लागि निकासी बन्द हुने भएपछि नदीमा मनपरी तरिकाले

स्वर्गद्वारी दर्शन गरेर फर्किँदै गरेको जीप दुर्घटना, ८ जनाको मृत्यु

२९ जेठ, प्युठान । प्युठानमा जीप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ८ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटना भएको हो । जीपमा जम्मा ८ जना सवार रहेको र सबै जनाको घटनास्थलमा नै मृत्यु

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना

२९ जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन्। सोमबार उनलाई काठमाडाैँको नर्भिक अस्पतालमा भर्ना गरिएको हो । प्रधानमन्त्री प्रचण्ड पनि अहिले अस्पताल पुगेका छन् । सीता दाहाल लामो समयदेखि नहुने पिएसपीले पीडित छिन् ।

आलु प्याज जसरी सवारी साधन किन्न सकिन्न : अर्थमन्त्री महत

२९ जेठ, काठमाडाैँ । अर्थमन्त्री डा प्रकाशशरण महतले सीमा पार गएर आलु प्याज किने जसरी सवारी साधन खरिद गर्न नसकिने भन्दै करको दरसम्बन्धीका सूचना चुहाएर धेरै गाडी आयात भए भन्न नमिल्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको सामान्य छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा महतले विद्युतीय

सम्वन्धित समाचारहरु