Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

आरजुको नाम लिइएको अडियो नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका सन्देश शर्मासँग मिल्यो


२४ असार, काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाको नाम लिइएको अडियो म्याचिङ फेला परेको छ । उक्त अडियो सन्देश शर्माको आवाजसँग म्याच भएको बताइएको छ ।

शर्मा नक्कली भुटानी शरणार्थी प्रकरणमा परेका छन् । अहिले उनी संगठित अपराध कसूर मुद्दामा अनुसन्धानका लागि थुनामा रहेका छन् ।

आरजुले सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियो फेक भएको र चरित्र हत्या भएको भन्दै अनुसन्धानका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् । सोही निवेदनपछि प्राविधिक परीक्षण गर्दा अडियो शर्मासँग मिलेको बताइएको हो ।

प्रहरीले यस विषयमा थप अनुसन्धान जुटाइरहेको जानकारी दिएको छ । यसका लागि टिकटकमा पहिलो पटक कसले अडियो अपलोड गरेको थियो भन्ने विवरण प्रहरीले टिकटक सिंगापुरसँग मागिरहेको छ ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?