Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

आरजुको नाम लिइएको अडियो नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका सन्देश शर्मासँग मिल्यो


२४ असार, काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाको नाम लिइएको अडियो म्याचिङ फेला परेको छ । उक्त अडियो सन्देश शर्माको आवाजसँग म्याच भएको बताइएको छ ।

शर्मा नक्कली भुटानी शरणार्थी प्रकरणमा परेका छन् । अहिले उनी संगठित अपराध कसूर मुद्दामा अनुसन्धानका लागि थुनामा रहेका छन् ।

आरजुले सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियो फेक भएको र चरित्र हत्या भएको भन्दै अनुसन्धानका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् । सोही निवेदनपछि प्राविधिक परीक्षण गर्दा अडियो शर्मासँग मिलेको बताइएको हो ।

प्रहरीले यस विषयमा थप अनुसन्धान जुटाइरहेको जानकारी दिएको छ । यसका लागि टिकटकमा पहिलो पटक कसले अडियो अपलोड गरेको थियो भन्ने विवरण प्रहरीले टिकटक सिंगापुरसँग मागिरहेको छ ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?