Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

समाचार


अफगानिस्तानमा ८० एकड क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट

५ असार ,शिबर्गान । अफगानिस्तानको प्रहरीले गत दुई महिनामा अफगानिस्तानको उत्तरी जाज्जान प्रान्तमा करिब ८० एकड जमिनमा लगाइएको अफिम नष्ट गरेको छ । “विगत दुई महिनामा, शृङ्खलाबद्ध अपरेसनमा हामीले जाज्जान प्रान्तका सात जिल्लामा छ एकड चरेस फार्मसहित ८० एकड अफिम र चरेस नष्ट गरेका छौँ,” सहका प्रान्तीय निर्देशक मोहमद युनुसले

मन्त्री शर्माद्वारा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान

५ असार ,काठमाडौँ । आफ्नो जीवनकालमा विशिष्ट योगदान दिनुभएका सामाजिक तथा साहित्यिक व्यक्तित्वको नाममा सरकारले हुलाक टिकट प्रकाशन गरेको छ । हुलाक सेवा विभागले अधिकारकर्मी पद्मरत्न तुलाधर, साहित्यकार पूर्णप्रकाश नेपाल ‘यात्री’, पर्वतारोही आङ्रिता शेर्पा, कवि माधवप्रसाद देवकोटा र गायिका कोइली देवीको नाममा टिकट प्रकाशन गरेको हो । उनिहरूको मुखाकृत अङ्कित

भारतीय दूतावासद्वारा लुम्बिनी योग कार्यक्रम

५ असार ,काठमाडौँ । आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय राजदूतावास, काठमाडौँले नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष र पतञ्जलि योगपीठ नेपालसँगको सहकार्यमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको गुम्बाक्षेत्रमा एक सार्वजनिक योग कार्यक्रम आयोजना गरेको छ । युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी भगवान् बुद्धको जन्मस्थल हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा

विनियोजन विधेयकमाथिको छलफल जारी

५ असार ,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफल जारी छ । बैठकमा अर्थ, सहरी विकास, खानेपानी, र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटमाथिको छलफल चलिरहेको छ । मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिनुहुँदै सांसदहरूले आ–आफ्नो धारणा राखेका छन् । आजको बैठकमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले

कानूनसम्मत कारबाही सुनिश्चित गर्नुपर्ने

५ असार ,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेले २०८० असार ४ गतेदेखि प्रारम्भ गरेको अनशनप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । “तीन वर्षअघि उपप्राध्यापक चलाउनेमाथि साङ्घातिक आक्रमण भएपश्चात् सोही सम्बन्धमा काठमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने उद्योगको मुद्दा विचाराधीन रहेकै अवस्थामा सरकारले मुद्दा फिर्ता लिने

दुर्घटनामा घाइते भएका सुदूरपश्चिमका मन्त्री सिंहको उपचारका क्रममा मृत्यु

५ असार, बझाङ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । आज बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा पर्नुभएका मन्त्री सिंहको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा अपराह्न ५ः३३ मा निधन भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

५ असार, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (मङ्गलबार) दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव ५६ अङ्कले ओरालो लागेर दुई हजार ६४ दशमलव ८३ मा सीमित भएको छ । यस्तै, ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक

संसद्मा खर्च कटौती प्रस्ताव पेस

५ असार, काठमााडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफलमा सात सांसदले खर्च कटौती प्रस्ताव पेस गरेका छन्। अर्थ मन्त्रालय, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस् भनी सात सांसदले फरक-फरक प्रस्ताव पेस गरेका हुन्।

घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षकविरुद्ध मुद्दा दायर

५ असार, सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवारविरुद्ध आज (मङ्गलबार) विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता भोला दाहालले जाहेरी दर्ता गर्ने क्रममा भदैसवारले सेवाग्राहीसँग नौ हजार घुस लिइसकेको अवस्थामा आयोगको

नवीन सोच देशको सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य छ:  प्रधानमन्त्री प्रचण्ड

५ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य हुने बताएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक रुपान्तरणका लागि नयाँ सोच जरुरी रहेको बताएका हुन् । प्रधानमन्त्री दाहालले भने, “मैले

सम्वन्धित समाचारहरु