Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

बलात्कार आरोपमा चार जना प्रहरीको नियन्त्रणमा


३ ,श्रावण ,राजविराज । एक बालिकालाई घरबाट उठाएर बाहिर लगी सामूहिक बलात्कार गरेको आरोपमा हिजो चार पक्राउ परेका छन् ।

सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–१२ धर्मपुरमा यो घटना भएको हो । दुष्कर्ममा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडाका ४० वर्षीय कैलास भनिने टेकराज पोखरेल, २१ वर्षीय दिपेश सुवेदी, २४ वर्षीय सुदीप भुजेल र २२ वर्षीय मनोज विश्वकर्मा रहेका छन् ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पीडित बालिका र अभिभावकले लिखित जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय ठेलियाको टोलीले उनीहरूलाई पक्राउ गरेको छ ।

सप्तरी प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले उनीहरूविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा म्याद थपका लागि सप्तरी जिल्ला अदालत पठाइएको जानकारी दिए ।

शुक्रबार राति कञ्चनरुप नगरपालिमा बस्ने १७ वर्षीया बालिकाको घरभित्र प्रवेश गरी चारै जनाले बलपूर्वक उठाएर गाउँकै सोमबहादुर मगरको घरमा लगी बलात्कार गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

कैलाशको आदेशमा दिपेश, सुदीप, मनोजले खुकुरी देखाउँदै धम्की दिँदै पालैपालो जबरजस्ती करणी गरी निजको छोरीलाई घरमा पुर्याएको प्रहरीको भनाइ छ । प्रवक्ता सिंहले बालिकाले घटनाबारे ३१ असारमा जानकारी गराएको थियो ।


प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?