Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२५ पुष २०८२, शुक्रबार
२५ पुष २०८२, शुक्रबार

यामागुचीमा पौडी खेल्न गएका दुई नेपालीको डुबेर मृत्यु


३ ,श्रावण ,काठमाडौँ । जापानमा दुई नेपालीको डुबेर मृत्यु भएको छ । जापानी संचारमाध्यमका अनुसार यामागुची प्रान्तको इवाकुनी सिको कुसुनोकी-चोस्थित इमाजु नदीमा पौडी खेल्न क्रममा दुईजनाको मृत्यु भएको हो ।

जुलाई १८ का दिन चारजना मिलेर पौडी खेल्न गएकामा २ जना वेपत्ता भएका थिए । वेपत्ताहरुको आपतकालिन उद्धार सेवा (दमकल) लाई खबर गरिएपछि उद्धार भएको थियो ।

वेपत्ता दुईजनालाई करीब २ मिटर गहिरो पानीमा डुबेको अवस्थामा उद्धार गरी अस्पत्ताल लगिए पनि उनीहरुको मृत्यु भएको घोषणा गरिएको थियो ।

मत्यु हुने दुबैको उमेर २० देखि ३० मुनिका उमेर समूहका रहेको भए पनि उनीहरुको थप विवरण खुल्न सकेको छैन ।


प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?