Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

हेँवाखोला बाढीमा बेपत्ता एकको पहिचान खुल्यो


२ ,श्रावण ,किमाथाङका । सङ्खुवासभाको चैनपुर नगरपालिका–४ हेवाखोलामा फेला परेको शवको पहिचान खुलेको छ । आइतबार चैनपुर नगरपालिका–४ स्थित निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरको पावर हाउसमा २९ दिनपछि थप एक जना मजदुरको शव फेला परेको थियो ।

चैनपुर–४ हेँवाखोलामा फेला परेको शव बर्दियाका राजाराम थारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले सुपर हेँवाखोलमा हाइड्रोपावरका १७ मजदुर बेपत्ता बनाएको थियो ।

शव हाइड्रोपावरको टनेलभित्र फेला परेको थियो । थारुको शव आज आफन्तले जिम्मा लिएपछि जिल्ला अस्पताल सङ्खुवासभामा पोष्टमार्रटम गरिएको छ । बाढीपहिरामा परेको अन्य १८ अझै बेपत्ता भएको प्रहरीले जनाएको छ ।

तीमध्ये तीन जनाको शव हालसम्म फेला परिसकेको छ । दुई वर्षसम्म नभेटिएको अवस्थामा मृतक मान्ने प्रावधान छ । प्राकृतिक प्रकोपको हकमा नेपाल सरकारले नै निर्णय गर्नुपर्छ । बाढीपहिराका कारण जिल्लाका विभिन्न स्थानका २० घर परिवार विस्थापित भएका छन् ।

बाढीपहिराबाट विस्थापित भएका २० घर परिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् । चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो ।

बाढीले तीन वटा पक्की पुलमा क्षति पुर्याएको छ । बाढी भौतिक संरचना बगाउँदा करोडौको क्षतिको भएको छ ।


प्रकाशित मिति: २ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?