Trending
>>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

समाचार


नर्सिङ कक्षा सञ्चालन गरेको जग्गा महानगरले खाली गरायो

८ श्रावण, चितवन । चितवनको भरतपुर महानगरपालिकामा सार्वजनिक जग्गा कब्जा गरेर नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि महानगरले खाली गराएको छ । प्रसूति गृह सञ्चालनका लागि उपलब्ध गराएको जग्गामा नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि महानगरले सो जग्गा खाली गराएको हो । भरतपुर–३ नगरबनमा डेढ बिघा जग्गामा बनाइएको भवन महानगरले प्रसूति गृह सञ्चालनका

ट्विटरको लोगोबाट ‘चरा’को बिदाइ

८ श्रावण, एजेन्सी । चर्चित सामाजिक सञ्जाल ट्विटरको लोगो परिवर्तन भएको छ । ट्विटरका मालिक एलन मस्कले चराको ठाउँमा अंग्रेजीको एक्स 'X' राखेका हुन् । व्यवसायको नाम परिवर्तन गरेर एक्स कर्प राखेका श्री मस्कले यो परिवर्तन लामो समय अगाडी नै गरिनु पर्ने बताएका थिए । ट्विटरकी सीईओ लिन्डा याकारिनोले पनि

बालीविज्ञान पढ्ने १६ विद्यार्थीलाई गाउँपालिकाले छात्रवृत्ति दिने

८ श्रावण, भोजपुर । गाउँमै प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ भोजपुरको रामप्रसाद राई गाउँपालिकाले बालीविज्ञान पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकामा गत वर्षबाट सञ्चालनमा आएको श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयमा बालीविज्ञान पढ्ने विद्यार्थीलाई गाउँपालिकाकाले छात्रवृत्ति सहयोग गर्न लागेको हो । रामप्रसाद राई–५ मानेभञ्ज्याङ, आमबोटेमा गत वर्षबाट शिक्षालय

उत्तर गङ्गामा पुल नबन्दा आन्तरिक पर्यटकलाई समस्या

८ श्रावण, बागलुङ । ढोरपाटनमा बर्खामा हरियाली वातावरणसँग रमाउने र हिउँदमा हिउँ खेल्नेको भीड नै लाग्ने गर्छ । बुर्तिबाङ बजारदेखि ढोरपाटन पुग्ने सडकको अवस्था त बिजोग नै छ । यद्यपि आन्तरिक पर्यटक जसोतसो ढोरपाटन पुग्ने गरेका छन् । यो याम ढोरपाटन घुम्नका लागि निकै उपयुक्त मानिन्छ । उच्च पहाडी क्षेत्र भएको

सरकारद्वारा देशभरका औषधि पसलको अनुगमन सुरु

८ श्रावण, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (सोमबार)देखि देशभरका औषधि पसलहरुको अनुगमन सुरु गरेको छ । औषधि पसलहरु मापदण्ड विपरित चलेको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले अनुगमन गरेको हो । २० वटा समूह बनाएर स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका औषधि पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा केही औषधि

रत्नभक्तले चढाए नवदुर्गालाई एक लाखको खःमेय्

८ श्रावण, भक्तपुर । आउँदो वडादशैँका लागि भक्तपुरको नवदुर्गा मन्दिरमा खःम्ये (निख्खर कालो राँगो) भित्र्याइएको छ । घन्टाकर्ण चतुर्दशीदेखि जनैपूर्णिमाभित्र नवदुर्गा मन्दिरको द्यःछें (देवगृह)मा खम्ये भित्र्याउनुपर्ने परम्पराअनुसार आज खम्ये भित्र्याइएको हो । यसवर्ष भक्तपुर नगरपालिका–७, चोर्चा निवासी रत्नभक्त दुमरुले खःमेय् चढाएका हुन् । उनले चाङ्गुनारायण नगरपालिका बागेश्वरीबाट रु एक लाखको खःमेय्

ललिता निवास जग्गा प्रकरण : थप २ जना पक्राउ

८ श्रावण, काठमाडाैँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा थप २ जना पक्राउ परेका छन् । सोमबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थप २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सकुलनन्द महर्जन र सञ्जय महर्जन रहेका छन् । उनीहरू नक्कली मोही रहेको बताइएको छ । उनीहरूलाई कुपन्डोल क्षेत्रबाट पक्राउ गरिएको हो

बाढीले बगाउँदा चालक बेपत्ता

८ श्रावण, बाजुरा । बाजुरामा खोलामा आएको बाढीले बगाउँदा ट्रयाक्टर चालक बेपत्ता भएका छन् । मार्तडी–कोल्टी सडकखण्डमा पर्ने बाउली खोलाको बाढीले गए राति से २ त ३२२५ नम्बरको ट्रयाक्टर बगाउँदा चालक डुबनारायण चौधरी बेपत्ता भएको प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए । प्रहरीले बेपत्ता चालक चौधरीको खोजी गरिरहेको छ ।

चीनमा व्यायामशालाको छाना भत्किँदा ११ जनाको मृत्यु

८ श्रावण, एजेन्सी । उत्तरपूर्वी चीनमा एक विद्यालयको व्यायामशालाको लागि बनाइएको हलको छाना भत्किँदा ११ जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् । हेइलोङजियाङ प्रान्तको किकिहारमा निर्माण कर्मीहरूले भवनको छतमा पानी जम्मा गर्न अवैधरूपमा संरचना बनाएको र अत्यधिक भारका कारण उक्त भवन भत्किएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको

नेपालगञ्जमा अब डुबानको समस्या अन्त्य हुने

८ श्रावण, नेपालगञ्ज । नेपालगन्जमा वर्षौँदेखि डुबानको समस्या अन्त्य गर्न सुर्खेत रोडस्थित मुख्य नाला रहेको पुलको निकासलाई फराकिलो पार्न थालिएको छ । केही वर्ष अगाडि निर्माण भएको करिब ८–१० मिटरको नालाको बीचको भागबाट निकास तीन मिटर मात्र बनाएपछि पानी थुुनिएर बर्सेनि नेपालगन्ज नगर डुबानमा पर्ने समस्या हुँदै आएकामा अहिले समस्या

सम्वन्धित समाचारहरु