Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२७ माघ २०८२, मंगलवार
२७ माघ २०८२, मंगलवार

ट्विटरको लोगोबाट ‘चरा’को बिदाइ


८ श्रावण, एजेन्सी । चर्चित सामाजिक सञ्जाल ट्विटरको लोगो परिवर्तन भएको छ । ट्विटरका मालिक एलन मस्कले चराको ठाउँमा अंग्रेजीको एक्स ‘X’ राखेका हुन् ।

व्यवसायको नाम परिवर्तन गरेर एक्स कर्प राखेका श्री मस्कले यो परिवर्तन लामो समय अगाडी नै गरिनु पर्ने बताएका थिए । ट्विटरकी सीईओ लिन्डा याकारिनोले पनि आज लोगो परिवर्तन गर्नेबारे घोषणा गरेकी थिइन् ।

विभिन्न रिपोर्टहरूका अनुसार संसारकै सबैभन्दा धनी व्यक्ति मस्कले चीनको ‘वीच्याट’ मिल्दोजुल्दो ‘एक्स’ नामक “सुपर एप” समेत बनाउन चाहिरहेका छन् ।

उनले आइतवार ट्वीटरको लोगो परिवर्तन गर्न चाहेको बताउँदै क्रमशः ब्राण्डबाट चराको बिदाइ गर्ने जानकारी दिएका थिए ।

मस्कले अक्टोबर २०२२ मा ट्विटर खरिद गरेदेखि कम्पनीले आफ्नो व्यवसायको नाम परिवर्तन गरी एक्स कर्प राखेको छ ।

ट्विटरको वेबसाइटले नीलो चरालाई चित्रण गर्ने यसको लोगोबारे भनेको छ, ‘यो हाम्रो सबैभन्दा परिचित लोगो हो । त्यसैले हामी यसको धेरै सुरक्षा गर्छौं ।’


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?