८ श्रावण, काठमाडाैँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा थप २ जना पक्राउ परेका छन् । सोमबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थप २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सकुलनन्द महर्जन र सञ्जय महर्जन रहेका छन् । उनीहरू नक्कली मोही रहेको बताइएको छ । उनीहरूलाई कुपन्डोल क्षेत्रबाट पक्राउ गरिएको हो ।
उनीहरू सहित यो प्रकरणमा पक्राउ परेर सिआइबीको हिरासतमा रहनेको संख्या १९ जना पुगेको छ ।
प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार