Trending
>>   ओखलढुङ्गाको एक मतदान केन्द्रमा किन कसैले पनि गरेनन् मतदान ? >>   कुनैपनि केन्द्रमा मतदान रोकिएको छैनः निर्वाचन आयोग >>   निर्वाचनले लोकतन्त्र सुदृढ गर्नुका साथै देशमा स्थायित्व ल्याउनुपर्छ: ओली >>   देशभर उत्साहजनक मतदानः मुस्ताङमा साढे १२ बजेसम्ममै ४० प्रतिशत मत खस्यो, प्रतिघण्टा १० प्रतिशतले बढ्दै >>   छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान, रोकिएका स्थानमा पनि सुचारु >>   समयमै मतदान गर्नुस्ः आयुक्त तुलाधर >>   ओखलढुङ्गामा मतदान बिथोल्ने भ्रामक सूचना फैलाउनेमाथि प्रहरीको कडा कारबाही तयारी >>   निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (तस्बिरहरु) >>   धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उत्साहजनक मतदान >>   झापा ५ मा मतदान जारी : उत्साहजनक सहभागिता
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

समाचार


सार्वजनिक बिदाका दिन अत्यावश्यक सरकारी कार्यालय खुल्ने, कर्मचारीलाई सट्टा बिदा

सरकारले सार्वजनिक बिदाका दिन अत्यावश्यक सेवा प्रवाह हुने सरकारी कार्यालय खुला गर्ने निर्णय गरेको छ । यही फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक ठानिएका कार्यालयलाई सेवा प्रवाहका लागि सार्वजनिक बिदामा खोल्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । कस्ता बिदामा कार्यालय खोल्ने भन्ने तोक्न बाँकी

गणपुरक सङ्ख्या नपुग्दा प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको आजको बैठक गणपुरक सङ्ख्या नपुगेका कारण आगामी फागुन १५ गते सम्मका लागि स्थगित भएको छ । बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्रतिनिधिसभालाई प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथी विचार गरियोस्’ भन्ने प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति

नेपालगञ्ज विमानस्थलमा उद्धार प्रतिकार्य अभ्यास

नेपालगञ्ज विमानस्थलमा आज काल्पनिक विमान दुर्घटना तथा उद्धार प्रतिकार्य अभ्यास भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थलमा दुर्घटनाबाट हुने क्षति न्यूनीकरण र सरोकार भएका निकायको समन्वयलाई प्रभावकारी तुल्याउने उद्देश्यले काल्पनिक विमान दुर्घटना तथा उद्दार प्रतिकार्य अभ्यास गरिएको नेपालगञ्ज विमानस्थलले जनाएको छ । विमान दुर्घटना हुँदा गरिनुपर्ने छिटो छरितो उद्दार,

त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

त्रिभुवन आर्मी क्लबले न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै ‘केपी ओली कप फुटबल प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले न्यूरोड टिम (एनआरटी) लाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । खेलको निर्धारित समयसम्म खेल १–१ को बराबरीमा सकिएपछि खेल

मन्त्रीहरु जवाफदेही नहुँदा संसदको गरिमा घट्योः एनपी साउद

काठमाडौं ः प्रतिनिधिसभा सदस्य एनपी साउदले संसदको शून्य समयमा उठेका विषयमा सरकारका मन्त्रीहरु जवाफदेही नहुँदा संसदको गरिमा घटेको बताएका छन्। प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले मन्त्रीहरुले संसदमा उठेका विषयहरुको जवाफ नदिँदा शून्य समयको गरिमा घटेको बताएका हुन्। ‘संसदीय अभ्यासमा शून्य समयको ठूलो महत्व छ। देशभरीका समस्याहरुलाई एक

चार दलले पाँच बजे बैठकबाट राष्ट्रपतिको टुंगो लगाउने

काठमाडौंः नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी अपराह्न ५ बजे बैठक बसेर राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सहमत भएका छन्। साँझ ६ बजे चारै दलले जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, राष्ट्रिय जनमोर्चालगायत दलसँग छलफल गर्ने भएका छन्।

राष्ट्रपति निर्वाचन : चार दलका शिर्ष नेता बालुवाटारमा

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मनोनयको समय आउनै लाग्दा पुरानो गठबन्धन दलका शिर्ष नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु बालुवाटारमा जम्मा भएका हुन् । यसअघि यी राजनीतिक दलका नेताहरु छुट्टाछुट्टै छलफलमा थिए ।उम्मेदवारी मनोनयनको

कचनकवलका युवा बेसार खेतीतर्फ आकर्षित

झापा कचनवलक गाउँपालिका युवा यतिबेला व्यावसायिक बेसार खेतीमा लागेका छन् । साढे पाँच बिघा जग्गा भाडामा लिएर कचनकवलका प्रदीप थापा, गोविन्द राजवंशी र यज्ञ थापा व्यावसायिक बेसार खेतीमा लागेका हुन् । नेपालगञ्जबाट हलेदो जातको बेसारको बीउ ल्याएर गत वर्षदेखि व्यावसायिक खेती सुरु गरिएको ३२ वर्षीय युवा कृषक प्रदीप थापाले बताउनुभयो

दिक्तेल–मानेभञ्ज्याङमा नियमित बस सेवा

खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारदेखि अल्छेढुङ्गाबाट दोर्पाको दुम्ली हुँदै साकेला गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङसम्म नियमितरुपमा बस सेवा सञ्चालनमा आएको छ । गाउँपालिकासँगको सहकार्यमा खोटाङ यातायात प्रालिले बिहीबारदेखि बस सेवा सञ्चालन गरेको हो । झण्डै ३९ किलोमिटर लामो सडकखण्डमा नियमित बस सञ्चालन भएपछि भाडादरसमेत कायम गरिएको छ । साकेला गाउँपालिका–२ रतन्छाको

बागलुङमा पाँच साहित्यकार पुरस्कृत

बागलुङको ‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ले पाँच साहित्यकारलाई पुरस्कृत गरेको छ । गुठीले यस वर्षको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ पाल्पाका साहित्यकार डा शङ्करप्रसाद गैरेलाई प्रदान गरेको छ । रु ५० हजार राशिको सो पुरस्कार उहाँको उपन्यास कृति ‘कृष्ण’का लागि प्रदान गरिएको हो । यस्तै यस वर्षको ‘रत्न–श्रेष्ठ प्रादेशिक पुरस्कार’ बागलुङका लेखकद्वय सरोजराज पन्त

सम्वन्धित समाचारहरु