Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

बारा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्दै रमेश खरेल


१७ चैत्र, काठमाडाैँ । नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेल उपनिर्वाचनमा लड्ने भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बारा २ बाट चुनाव लड्ने भएका हुन् ।

उनले आउँदो १० वैशाखमा हुने उपनिर्वाचनमा रास्वपाबाट बारा–२ मा उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

यसबारे उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल आमालाई सेवा गर्ने उद्देश्यले बारा–२ बाट रास्वपामा आबद्ध भई आगामी वैशाख १० गते हुने निर्वाचनमा सहभागी हुने निर्णय गरेको छु । डाक्टर प्रणय राणाको प्रयासलाई स्वागत र सम्मान गर्दै यहाँहरू सबैको सहयोगको अपेक्षा गर्दछु । राष्ट्र सेवामा इमान्दारी र निष्ठाका साथ अगाडि बढ्ने प्रतिबद्धता ।’

उनी गत मंसिरमा भएको आम निर्वाचनमा काठमाडौं–१ बाट चुनाव लडेका थिए । नेपाल सुशासन पार्टीबाट चुनाव लडेका उनी तेश्रो भएका थिए ।


प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?