Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

समाचार


राजनीति पनि एक समाजसेवा हो : प्रकाशमान सिंह

७ जेठ, काठमाडाैँ । पूर्वउपप्रधानमन्त्री एवं सांसद प्रकाशमान सिंहले समाजसेवा भावले आफू राजनीतिमा प्रवेश गरेको बताएका छन् । आज थापाथली जनकल्याण परिवारको ३४औँ वार्षिक समारोह कार्यक्रममा उनले भने, “राजनीति पनि एक समाजसेवा हो । समाजसेवा भावले नै म राजनीतिमा प्रवेश गरेको हुँ र यसैमा क्रियाशील छु ।” राजनीतिक नेतृत्व व्यक्तिगत

निःशुल्क उपचार लिएकाहरुको विवरण महानगरमा पठाउनु : मेयर बालेन

७ जेठ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण प्रत्येक महिनाको १० गतेभित्र महानगरपालिकामा बुझाउन अस्पताललाई निर्देशन दिएको छ । महानगरपालिकाको स्वास्थ्य विभागले जारी गरेको सूचनालाई कार्यन्वयन गर्न आग्रह गर्दै महानगरप्रमुख बालेन शाहले लक्षित वर्गलाई १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराएको विवरण अस्पतालले टाँस

नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

७ जेठ, काठमाडाैँ । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त

तनहुँ जलविद्युत् आयोजनामा १८ सुरुङ खनिए

७ जेठ, दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत हालसम्म १८ सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत हालसम्म १८ सुरुङ खन्ने काम सकिएको हो । त्यस्तै एउटा सुरुङ खन्ने काम जारी रहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । आयोजनाका

बेनी–जोमसोम सडक अवरुद्ध, पहिरोले गाडी पुरियो

७ जेठ, म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक मार्ग बेनी–जोमसोम सडक खण्ड शनिबार राति परेको अविरल वर्षाले अवरुद्ध भएको छ । अविरल वर्षापछि आएको बाढीले अन्नपूर्ण गाउँपालिका–३ दानाको गुइठे भीर, अन्नपूर्ण गाउँपालिका–२ तातोपानी र भुरुङ खोलामा अवरुद्ध भएको हो । बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर

प्राध्यापकलाई राजनीतिक दलको जिम्मेवारी दिइएको भन्दै आयोगले माग्यो जवाफ

७ जेठ, काठमाडाैँ । निर्वाचन आयोगले विश्वविद्यालयका प्राध्यापकहरु राजनीतिक दलमा आबद्ध भएको सम्बन्धमा सम्बन्धित राजनीतिक दल, प्राध्यापक र विश्वविद्यालयलाई पत्राचार गरी जवाफ माग गरेको छ । केही राजनीतिक दलले विश्वविद्यालयका प्राध्यापकहरुलाई केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बनाइएको भन्दै आयोगले पत्राचार गरेको हो । आयोगले सम्बन्धित राजनीतिक दललाई त्यसरी प्राध्यापकलाई

आर्थिक सङ्कटमा परेको पाकिस्तान मद्दतका लागि मित्रराष्ट्रको मुख ताक्दै

७ जेठ, एजेन्सी । आर्थिक सङ्कटमा परेको पाकिस्तानले अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ)बाट छ अर्ब ५० करोड अमेरिकी डलरको पुनरुत्थान सहायता प्याकेज प्राप्तिमा बिलम्ब भएपछि मित्रराष्ट्रहरूसँग सहयोगको याचना गर्ने निष्कर्षमा पुगेको छ । पाकिस्तानी समाचार संस्था एआरवाई न्युजका अनुसार आइएमएफ र पाकिस्तानबीच कर्मचारीस्तरमा गत फेब्रुवरीदेखि भएका आर्थिक सहायतासम्बन्धी वार्ताको परिणाम प्राप्त

सुडानबाट भागेर इथियोपिया पुगेकालाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको अपिल

७ जेठ, एजेन्सी । सुडानमा जारी सुरक्षा अवस्थाका कारण इथियोपिया प्रवेश गर्ने मानिसहरूको आवश्यकतालाई सम्बोधन गर्न संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (यूएनओसीएचए) ले थप रकमको लागि अपिल गरेको छ । युएनओसीएचएले शुक्रबार जारी गरेको पछिल्लो स्थिति अद्यावधिकमा सुडानबाट करिब ८५ हजार मानिस इथियोपिया प्रवेश गर्ने अनुमान गरिएको र यस्तो अवस्थामा

रङ्गशालामा भागदौड हुँदा ९ जनाको मृत्यु

७ जेठ, एजेन्सी । मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर नौ जनाको मृत्यु भएको छभने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत गर्दै केबल न्युजन नेटवर्क (सिएनएन)ले जनाएको छ । प्रहरीका अनुसार कुस्काटलाना रङ्गशालामा अलियान्जा र एफएएसबीचको फुटबल

आज नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी

७ जेठ, काठमाडाैँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहबारे प्रहरीले झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ। पीडितहरूको उजुरीका आधारमा नेपाल प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शराणार्थी प्रकरणको अनुसन्धान सुरु गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका

सम्वन्धित समाचारहरु