Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको गृहनगरमा ११ जना मारिए


३१ जेठ, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगरमा रुसी क्षेप्यास्त्र आक्रमणमा मङ्गलबार बिहान ११ जनाको मृत्यु भएको छ । साथै मस्कोले किभको सेनाबाट पश्चिमा जगत्ले प्रदान गरेका सशस्त्र गाडी पनि कब्जामा लिएको दाबी गरेको छ ।

सोमबार रातभर धेरै स्थानमा रुसी आक्रमण भएको थियो ।  क्रिभि रिगको मध्य भागमा रहेको पाँचतले आवासीय भवन ध्वस्त भएको छ । “यो भयानक रातमा शत्रुले ११ जना नागरिकको हत्या गरेको छ,” निप्रोपेट्रोव्स्क क्षेत्रीय गभर्नर सर्गी लिसाकले भनेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले आतङ्कवादीहरूलाई कहिल्यै माफ नगरिने र लडिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राजधानी किएभ र उत्तरपूर्वी सहर खार्किभ पनि मिसाइल र ड्रोन आक्रमणको चपेटामा परेपछि युक्रेनभर हवाई आक्रमणलाई विफल तुल्याउन युक्रेनको वायुसेनाले प्रतिरक्षात्मक कारबाही गरेको थियो । त्यसक्रममा रुसले प्रहार गरेका केही मिसाइल र ड्रोनलाई आकाशमा नै निष्क्रिय पारेको बताइएको छ ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?