Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

दाङ पुगे प्रधानमन्त्री प्रचण्ड


३१ जेठ, दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको पाँचौँ दीक्षान्त समारोहमा सहभागी हुन दाङ आएका छन् ।

उनि नेपाली सेनाको  हेलिकप्टरबाट आज  बिहान  यहाँ आएका हुन् ।  विविध कारणले १२ वर्षदेखि रोकिएको सो दीक्षान्त  समारोहमा भारतको  सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठी अतिथि वक्ता छन् ।

समारोहमा विश्वविद्यालयका सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई,  सञ्चार तथा सूचना प्रविधीमन्त्री रेखा शर्मा, लुम्बिनी  प्रदेशप्रमुख  अमिक शेरचन,  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्वमुख्यमन्त्रीहरु, प्रदेश सरकारका  मन्त्री, जिल्लाबाट निर्वाचित सङ्घीय  र प्रदेशसभाका सदस्य नेपाल संस्कृत विश्वविद्यालयका सभासद्हरु  लगायतको सहभागिता रहेको छ ।

समारोहमा पाँच सय ७५ विद्यार्थी दीक्षित हुने विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछानेले  जानकारी दिए । कार्यक्रम अहिले जारी छ ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?