Trending
>>   सुनसरीमा ५९ मतदान स्थल अति संवेदनशीलः खुला सीमा र सद्भाव बनाई राख्नु प्रमुख सुरक्षा चुनौति >>   निर्माण व्यवसायीलाई ‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्तिः माफी माग्न आग्रह >>   बालेनलक्षित ओलीको कटाक्षः बच्चाबच्चीलाई सोध्यो भनेपनि प्रधानमन्त्री बनिदिन्छु भन्नसक्छ >>   स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैनः सूचना अधिकारी घिमिरे >>   घण्टी बजाउँदै प्रचार गर्न नपाइने: निर्वाचन आयोगको स्पष्ट आदेश >>   नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने >>   समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ? >>   पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले >>   ‘बनेको बाटोमा हिँड्ने भन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ’: अध्यक्ष ओली >>   ‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: एमाले अध्यक्ष ओली
Logo
११ फाल्गुन २०८२, सोमबार
११ फाल्गुन २०८२, सोमबार

समाचार


प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको सांसद सापकोटाको आरोप

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । आईतवार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले तीनकुनेमा भएको व्यवस्था विरोधी घटनाका बारेमा प्रधानमन्त्रीले संसदमार्फत सम्बोधन गरेर व्यवस्थाप्रति विश्वास आर्जन गर्नुपर्ने बताए। उनले गणतन्त्रवादीहरुलाई एकताबद्ध गरी व्यवस्था सुदृढ बनाउनु पर्नेमा प्रधानमन्त्री अन्तै अल्मलिएको

राजावादीहरु कहिले जुलुस निस्केला र लुट्न पाइएला भनेर बसेको देखियो :सांसद मोहन बस्नेत

काठमाडौँ। नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले सरकारको कमजोरीको कारण राजावादीको प्रदर्शन अराजकतामा परिणत हुँदा पनि प्रहरी निरिह बन्नुपरेको बताएका छन् । आईतवार संघीय संसदको परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राजावादी समूहका प्रदर्शनकारीहरु कहिले जुलुस निस्केला र लुटौंला भनेर बसेको देखिएको टिप्पणी गरेका छन् । उनले राजावादीहरु राजनीतिक इच्छाका

जनकपुरमा हत्याको बिरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप

जनकपुरधाम ।  जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बिन्धीमा युवक हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । जनकपुरधाम–भिठामोड सडकखण्ड अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका स्थानीयलाई प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको हो । झडपका क्रममा एक दर्जनभन्दा बढी स्थानीय तथा केही प्रहरीसमेत घाइते भएको बताइएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले

राजावादीहरु मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा छन्ः सांसद महत

काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले राजावादीहरुको प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन योग्य नरहेको स्पष्ट भएको बताएका छन् । आईतवार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री महतले प्रदर्शनमा देखिएको अराजकताले पूर्वराजा शाहले निरङ्शकुश राजा बन्न चाहेको आफूहरुको निस्कर्ष भएको बताए । उनले राजावादी समूहहरुको प्रदर्शनका क्रममा उनीहरुलाई

राजावादी समूहको आगजनी र तोडफोडविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको निजी तथा सार्वजनिक सम्पतीमा आगजनी, तोडफोड लगायतका कार्यप्रति निन्दा व्यक्त गर्दै चैत २५ गतेभित्र देशभर भण्डाफोर र प्रदर्शन गर्ने निर्णय गरेको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी स्थायी कमिटीको बैठकले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको अराजकताप्रति देशव्यावपी

आगजनीबाट क्षतिग्रस्त जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र (तस्बिरहरु)

काठमाडौँ। चैत्र १५ गते राजावादीहरुले प्रदर्शनका क्रममा जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनीबाट प्रशोधन केन्द्र क्षतिग्रस्त भएको छ । राजावादीहरुले प्रदर्शनका क्रममा लगाएको आगोका कारण क्षतिग्रस्त जडिबुटी प्रशोधन केन्द्रमा ठूलो क्षति पुगेको छ । जसबाट १३ वटा गाडी र ६ वटा मोटरसाइकल नष्ट भएका छन् । लिमिटेडको कोटेश्वरस्थित कार्यालयमा पनि

डा. बरालले उपकुलपतिबाट किन राजीनामा दिनुभयो भन्ने औपचारिक जानकारी मैले पाएको छैनः मन्त्री भट्टराई

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले किन राजीनामा दिएको भन्ने बारेमा आफूलाई जानकारी नरहेको बताएकी छिन । आईतवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस विषयमा आफू अनविज्ञ रहेको बताएकी छिन् ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौँ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन संसदीय समितिबाट परिमार्जनसहित पारित भएको छ । आईतवार बिहान सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले समितिबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन संसदीय समितिबाट परिमार्जनसहित पारित गरेको हो । बैठकमा समिति सभापति

राजावादीको प्रदर्शनमा भएका घटनाको छानविन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन

काठमाडौँ। चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाहरुको सत्यतथ्य छानविन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन संसदीय समितिले निर्देशन दिएको छ । आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सरकारलाई राजावादीहरुको प्रदर्शनबाट भएका घटनाहरुको सत्यतथ्य छानविन गरी संलग्नलाई कानूनी दायरामा

पूर्व राजाले बुझ्न मानेनन् महानगरपालिकाको जरिवाना पत्र

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले काठमाडौँ महानगरपालिकाले पठाएको ७ लाख ९३ हजारको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन् । गत शुक्रबार तीनकुनेमा उनकै उक्साहटमा भएको आन्दोलनका क्रममा भएको फोहोर र तोडफोडको मुल्याकंन गरी महानगरपालिका जरिवाना पत्र लिएर निर्मल निवास पुगेको थियो। ज्ञानेन्द्र शाहले पत्र बुझ्न नमानेपछि टोली यत्तिकै फर्केको

सम्वन्धित समाचारहरु